बाँके राष्ट्रिय निकुञ्जको मुख्य हात्तीसार बुचापुरमा हुन्छ — सुवेदी

पिपलबाेट संवाददाता


कोहलपुर १२ भदौ/कविन्द्र परियार/नेपाल सरकारकी कृषी सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति पुर्णा कुमारी सुवेदीले बाँके राष्ट्रिय निकुञ्जको मुख्य हात्तीसार बुचापुरमा रहने बताएकी छिन । बिहीबार सिक्टा सिचाई आयोजनाको नहर अनुगमनका क्रममा बुचापुर हात्तीसारमा पुगेकी सुवेदीले हात्तीसारका लागी बुचापुर उपयुक्त स्थान भएको जनताको माग समेत भएको र आवश्यक पुर्वधार भएका कारण जनताका भावनालाई कदर गर्दै बुचापुरलाई मुख्य हात्तीसार कायम गरिने बताईन ।

त्यस्तै प्रदेशई नं ५ की प्रदेश सांसद कृष्णा के.सी नमुनाले बाँके राष्ट्रिय निकुञ्जको मुख्य हातिसार बुच्चापुरलाई कायम गरिनुपर्ने पहिलेदखी नै पहल गरिदै आएको बताउदै हरेक द्धष्टिकोणले बाँके राष्ट्रिय निकुञ्जको मुख्य हात्तिसार बच्चापुरमै उपयुक्त हुने बताइन् । त्यस्तै उनले सिक्टा सिचाई आयोजनाको भत्केको नहर मर्मत भइरहेको र मर्मत सामग्री अभावमा काममा केही ढिलाई भएको बताउदै भाद्र र असोज सम्म मर्मत गरेर किसानका खेतबारीमा केही मात्रामा भएपनी सिचाई सुविधा पु¥याउने आफुले प्रयास गरिरहेको बताइन् ।

सविधान सभा सदस्य देवराज भारले स्थानीय जनताको भावना र मर्म अनुसार निकुञ्जले बुचापुर हात्तीसारलाई मुख्य हात्तीसार कायम गर्नुपर्ने बताए ।त्यस्तै बाँके राष्टिय निकुञ्ज हातिसार प्रमुख भग्गा थारुले हात्तिको लागि चरिचरन स्थानीय संगको सहकार्य तथा पर्यापर्यटनको लागि बुच्चापुरमा हात्तिसार भएमा सबैलाई सहज हुने बताए । बाँके राष्ट्रिय निकुञ्जको अन्य स्थानमा सहायक हात्तीसार राखिए पनि बुचापुरलाई मुख्य हात्तीसार कायम गरिनु पर्नै स्थानीय डम्बर शाहीले माग गरे ।त्यस्तै स्थानीय युवा नेता दल बहादुर खड्काले बाँके राष्ट्रिय निकुञ्जको मुख्य हात्तीसार बुचापुरमा हुनुपर्ने बताउँदै स्थानीय जनताको मागलाई स्थानीय सरकार निकुञ्ज लगायतको ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।

१३ भाद्र २०७६ मा प्रकाशित
Nabintech