एभरेष्ट टेक्निकल कलेजले ग¥र्यो तिज विशेष कार्यक्रम

पिपलबाेट संवाददाता


कोहलपुर १३ भदौ /एभरेष्ट टेक्निकल कलेजका कोहलपुरले शुक्रबार तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । समाजिक सदभाव र संस्कृतिक रक्षा महिला शसक्तिकरण हाम्रो अपेक्षा भन्ने नाराका साथ कलेजमा सांस्कृति तथा दर खाने कार्यक्रम गरिएको हो । कार्यक्रम बोल्दै नेकपा प्रदेश नं ५ का सदस्य नरेन्द्र न्यौपाने  तिजपर्वले एतिहासिक महत्व बोकेको बताउदै तिजपर्वमा हुने विकृतिहरु अन्त्य गर्नु अहिले आवश्यकता रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका स्ववीयु सभापति दिनेश के.सीले तिजको मौलिकता युवा वर्गले समेत ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा कलेजका विद्यार्थीहरुले विभिन्न नृत्य , अभिनय लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए कलेजका संचालक विरेन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर युवा संञ्जालका उपाध्यक्ष टोपराज जैसी, अंकित सिग्देल लगायतको सहभागीता रहेको थियो ।

१३ भाद्र २०७६ मा प्रकाशित
Nabintech