बृद्वबृद्वालाई फलफुल वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको निलसागर असाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रमा रहेका बृद्वबृद्वाहरुलाई फलफुल वितरण गरिएको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले बृद्वबृद्वाहरुलाई फलफुल वितरण गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी प्रमुख हेम बहादुर शाहीको सहभागिामा फलफुल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रहरी प्रमुख शाहीले जन्मदिने बुवा भन्दा ठुलो कोहि नहुने भन्दै निलसागर असाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । साथै उनले प्रहरीले जनताको शान्ति सुरक्षामा कुनै पनि कमि नराख्ने बताएका छन् । कार्यक्रममा कोहलपुर सामुदायिक सेवा केन्द्रका सचिव लाल बहादुर रानाले प्रहरी र जनता बिच एक आपसमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् । साथै उनले नेपालीहरुको महानचार्डपर्व नजिकै आईरहेको हुँदा सामाजमा घट्ने विभिन्न घटनाहरुलाई ध्यान दिँदै शान्ति सुरक्षा कायम गराउन सबै लाग्नुपर्ने बताएका छन् ।

१३ भाद्र २०७६ मा प्रकाशित
Nabintech