कविन्द्र परियार/ कोहलपुर १३ भाद्र /बाँकेमा संचालन भईरहेको बागेश्वरी सिङिङ्ग आईडलको फाईनल भोली शनिबार १४ गते हुने भएको हो । ग्रान्ड फिनाले बिहान ९ बजे देखी नेपालगजको होटल सुनाखरीमा हुने आईडल संयोजक ओम शर्माले जानकारी दिए । राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन प्रतिभाको खोजी बागेश्वरी सिङिङ्गे फाईनलको तयारी समेत व्यापक पारिएको छ । शुक्रबार संघका पदाधिकारीहरुको बैठक बसी जिम्मेवारी समेत तोकिएको छ । आईडलाई तिजमय बनाउन चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिंएम, तुलसी घर्तिको बिशेष सांगितिक प्रस्तुति रहने बताईएको छ । त्यस्तै यस अघिका राउण्डमा निर्णाककको भुमिका निर्वाह गरेका आधुनिक गायक प्रमोद डि.जी र गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन वली, लगायतको पनि प्रस्तुति रहने बताईएको छ ।
बाँके जिल्लाका ५ वटा स्थानीयतहमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरुबाट करिब ३ सय जना प्रतिस्पर्धीहरुबाट २५ जना सेमिफाईनल राउण्डमा प्रवेश गरेका थिए । तिनै २५ जना प्रतिस्पर्धीहरुले टपटेनका लागी प्रतिस्पर्धा गर्ने र टपटेनबाट उत्कृष्ट टप थ्री छनौट हुने आईडल संयोजक ओम शर्माले जनाकारी दिए ।फाईनल राउण्डको अडिसनको संगितकार यादवनाथ योगी,राष्ट्रिय नाच घरमा कार्यरत संगितकार,विपिन घिमेरे,संगित प्रशिक्षक राजेश क्षेत्री लगायतले निर्णायकको भुमिका निर्वाह गर्ने बताइएको छ । त्यस्तै फाईनल राउण्डमा पब्लिक जज र प्रस्तुति हेरेर ईन्टरनल नेपाल नागरिक उद्यम सहकारी संस्थाको प्रायोजन तथा निडेड टेक्निकल कलेज तथा दिपसन टुर एण्ड ट्राभल्सले सहयोग गरेका छन ।आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर प्राप्त आईडल संयोजक शर्माले जनाकारी दिए । आईडलको संचालन संचारकर्मी कल्पना कार्कीले गर्ने भएकी छिन ।