कविन्द्र परियार/कोहलपुर १५ साउन/राष्ट्रिय संगितकर्मी संघ बाँकेकाको आयोजनामा संचालन भएको बागेश्वरी सिङिङ्ग आईडल २०७६ को उपाधी ज्ञानोदय नमुना मा.वि खजुराकी दिक्षा थापा मगरले हात पारेकी छिन । उनले उपाधी संगै नगद ५० हजार तथा एल्वममा गाउने अवसर प्राप्त गरेकी हुन शनिबार नेपालगजमा भएको ग्रान्ड फाईनल बाट उनी उत्कृष्ट प्रस्तुतिका साथै आईडलको उपाधी उचालन सफल भएकी हुन । त्यस्तै आईडमा तक्षशिला एकेडेमी कोहलपुरकी अनुषा घिमेरे द्धितिय स्थान हासिल गर्न सफल भएकी छिन । उनले नगद ३० हजार तथा एल्वममा गाउने अवसर प्राप्त गरेकी छिन । भने जनज्योति पब्लिक हाईस्कुलका आशिष चन्दले आईडलको तृतिय स्थान प्राप्त गर्न सफल भएका छन,। उनले नगद २० हजार तथा एल्वममा गाउने अवसर प्राप्त गरेका हुन ।
त्यस्तै सगरमाथा ज्ञान पुञ्ज मा.वि किरणनाला कोहलपुरका सन्देश सुनारले थर्ड रनर अप अन्र्तगत उत्कृष्ट प्रस्तुतिको उपाधी हात पारेका छन । आईडलमा जेनिथ ई.मि स्कुल खजुराकी गरिमा सापकोटाले उत्कृष्ट पब्लिक भ्यु अर्वाड प्राप्त गरेकी छिन भने , प्रयत्न ई.मी स्कुल बानियाभारकी छात्रा करिश्मा शाही र जनज्योति पब्लिक हाईस्कुल कोहलपुरका हेमन्त शर्माले उत्कृष्ट बाल प्रतिभा अवार्ड हात पारेका थिए । त्यस्तै आईडलमा उत्कृष्ट २५ सहभागीलाई समेत सम्मान गरिएको छ । प्रदेश सभा सांसद आईपी खरेलले उद्घाटन गरेको कार्यक्रममा आईडलाई तिजमय बनाउन चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिंएम,र तुलसी घर्तिको बिशेष सांगितिक प्रस्तुति रहेको थियो ।
फाईनल राउण्डको अडिसनकोसंगितकार,विपिन घिमेरे,संगित प्रशिक्षक राजेश क्षेत्री लगायतले निर्णायकको भुमिका निर्वाह गरेका थिए । त्यस्तै आधुनिक गायक प्रमोद डि.जी र गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन वली, लगायतको जुरी समुहले निर्णायको भुमिकाको निर्वाह गरेका थिए । राष्ट्रिय संगितकर्मी संघ बाँकेका सचिव तथा आईडल संयोजक ओम शर्माको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की , आईडलको मुख्य प्रायोजक नेपाल नागरिक उद्यम सहकारी संस्थाका अध्यक्ष ललित पहाडी लगायतको सहभागीता रहेको थियो आईडलमा बाँके जिल्लाका ५ वटा स्थानीयतहमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरुबाट करिब ३ सय जनाले विद्यार्थीहरुले आईडलमा सहभागीता जनाएका थिए ।