पत्रकार परियार दशौं पटक सम्मानित

पिपलबाेट संवाददाता


कोहलपुर १५ भाद्र/ पत्रकार कविन्द्र परियार सम्मानित भएका छन । राष्ट्रिय संगितकर्मी संघ बाँकेकाको आयोजनामा संचालन भएको बागेश्वरी सिङिङ्ग आईडलको विषयमा कलम चलाएको भन्दै उनलाई शनिबार नेपालगजमा सम्मान गरिएको हो । राष्ट्रिय संगितकर्मी संघ नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की र बागेश्वरी सिङिङ्ग आईडलका संयोजक ओम शर्माले परियारलाई सम्मानपत्र तथा खादा लगाएर सम्मान गरेका थिए । सामुदायिक रेडियो कोहलपुर एफएमका समाचार प्रमुख तथा युगयान दैनिक पत्रिकाका संवादाता समेत रहेको परियार यो संगै दशौं पटक सम्मानित भएका हुन। यस अघि उनी समाजसेवा नेपाल, अपाङग प्रतिभा बाल क्लब, कोहलपुर र.नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुर। शिवशिखर जडिबुटी उत्पादक सहकारी संस्था कोहलपुर ,बागेसाल मध्यवर्ती सा.व.उ.स राप्तीसोनारी बाँके, मिसन टुडे दैनिक ,नेपाल पत्रकार महासंघ बाँके शाखा,साविकको महादेवपुरी गा.वि.स लगायतका संघ संस्थाहरुबाट सम्मानित भईसकेका छन । राप्तीसोनारीका स्थायी वासिन्दा परियार विगत १३ वर्ष देखी पत्रकारिता क्षेत्रमा आवद्ध छन ।

१५ भाद्र २०७६ मा प्रकाशित
Nabintech