नेपाल सरकारका शहरी विकास मन्त्री मोमम्मद इस्तीयाक राईले बाँके जिल्लाको विकास र समृद्विका लागि आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा रहेको ज्ञानोदाय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १८ औं वार्षिक साधारण सभा तथा १२ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री राईले बाँकेको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै कोहलपुरदेखि जमुनासम्मलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न दिर्घकालिन योजना बनाईएको बताउनु भएको छ । साथै उनले कोहलपुर विकासन्मुख शहर भएकाले ठुला ठुला भौतिक पूर्वाधार निर्माण गर्नका लागि पहल गर्ने प्रतिवद्वता जनाउँदै कोहलपुरको विकासका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार बिच सहकार्य हुन आवश्यक रहेको बताउनु भएको थियो । मन्त्री राईले ज्ञानोदय सामुदायिक पुस्तकालयको विकासका लागि आवश्यक सहयोग गर्ने भन्दै पुस्तकालयले समाज परिवर्तनमा महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले पठन संस्कृतिको विकास हुन आवश्यक रहेको बताउँदै स्थानिय सरकारले कोहलपुरको शैक्षिक विकासका लागि विशेष पहल गर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष जयश्वर पौडेल सुमनले साुमदायिक पुस्तकालय संघले ज्ञानोदय पुस्तकालयलाई पश्चिम क्षेत्रकै व्यवस्थित पुस्तकालयका रुपमा लिएको बताउँदै यसको विकास र समृद्विका लागि स्थानिय सरकारले विशेष जोड दिनुपर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नगर सभापति बलाराम शर्माले ज्ञानोदय सामुदायिक पुस्तकालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सबै लाग्नुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा बोल्दै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयलाई आजको बैज्ञानिय युग अनुसार विकास र विस्तार गर्दै सूचना सञ्चार मैत्री बनाउन लागिपरेको बताउनु भएको छ ।
कायक्रममा “स्व. हरि प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मान” बाट कोहलपुर मेडिकल कलेजका निर्देशक सुरेश कुमार कनोडिया, पुस्तकालयलाई सहयोग गर्ने तर्फ पूव अध्यक्ष एवम् नेपाल सामुुदायीक पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष जयश्वर पौडेल सुमन, पुस्तक दाता तर्फ सनत रेगमी र नियमीत पाठकका रुपमा प्रेम नारायण पौडेललाई सम्मान गरिएको छ । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवि, शिक्षाप्रेमी, राजनीति दलका प्रतिनिधि, समाजसेवि लगायत ज्ञानोदय सामुदायि पुस्तकालयका सदस्यहरुको सहभागिता रहेको थियो ।