सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत

पिपलबाेट संवाददाता


ईलाका प्रहरी कार्यालय कोहलपुरसँग आवद्व कोहलपुर सामुदायिक सेवा केन्द्रले कोहलपुर क्षेत्रका सुरक्षा निकायका प्रमुखलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम बहादुर शाही, शशस्त्र प्रहरी गुल्म, राजश्व चुहावटका प्रमुख श्याम बहादुर कार्की र जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमलाई स्वागत गरिएको छ । कार्यक्रममा बोल्दै कोहलपुर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नारायण प्रसाद गौडेलले कोहलपुर सुरक्षाका दृष्टिले अतिसंवेनलशिल क्षेत्र भएकाले कोहलपुरको शान्ति सुरक्षा कायम गराउन अनुरोध गरेका छन् । साथै उनले समाजको शान्ति सुरक्षा कायम गराउनका लागि जनताले आआफ्नो ठाउँबाट सहयोग गर्नुमा जोडदिएका छन् । कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम बहादुर शाहीले कोहलपुरको शान्ति सुरक्षा कायम गराउनका लागि सबैको साथ र सहयोगको आवश्यक पर्ने बताएका छन् । कार्यक्रमको सहजिकरण कोहलपुर सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव लाल बहादुर रानाले गरेका थिए भने कार्यक्रममा सामुदायिक प्रहरी सेवाका सदस्य एवम् एम्बुलेन्स चालक संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

१५ भाद्र २०७६ मा प्रकाशित
Nabintech