नेपाल घरेलु तथा साना उद्योग महासंघ राप्तीसोनारीको अध्यक्षमा महतरा

पिपलबाेट संवाददाता


कविन्द्र परियार/कोहलपुर २० भदौ /नेपाल घरेलु तथा साना उद्योग महासंघ राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा शंकर बहादुर महतरा निर्वाचित भएका छन । विहिबार राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भएको वार्षिक साधारण सभा तथा प्रथम गाउँपालिका स्तरीय अधिवेशन बाट महतरा दास्रो कार्याकालका लागी अध्यक्षमा चयन भएका हुन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा झम्पा गौतम, उपाध्यक्षमा भरत खड्का,महासचिवमा हरीभक्त पौडेल, कोषाध्यक्षमा सलिना के.सी चयन भएनका छन । त्यस्तै सदस्यहरुमा अर्जुन के.सी,सुशिल थारु,राम कुमार वैश्य चयन भएका छन । त्यस्तै निमादेवी पुनको संयोजकत्वमा महिला उद्यमी संघ गठन गरिएको छ । छ भने १५ जना जिल्ला प्रतिनिधि समेत छनौट गरिएको बताईएको छ ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्यतामा भएको वार्षिक साधारण सभा तथा प्रथम गाउँपालिका स्तरीय अधिवेशन कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष पुर्ण बहादुर भण्डारी, जिल्ला अध्यक्ष समर बहादुर खत्री, उद्योगी व्यापारीहरु लगायतको सहभागीता रहेको थियो ।

२० भाद्र २०७६ मा प्रकाशित
Nabintech