सर्पको टोकाईबाट राप्तीसोनारीका युवकको ज्यान गयो

पिपलबाेट संवाददाता


कोहलपुर २० भाद्र /बाँकेको राप्तीसोनारीका एक युवकको सर्पको टोकाईबाट ज्यान गएको छ । भारतको पौडीगढवालमा मजदुरी गर्न गएका राप्तीसोनारी –९ का २७ वर्षिय युवक दिपक परियारको सर्पले डसेर ज्यान गएको हो । मंगलबार राती सर्पले डसेको र उनको उपचारका क्रममा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।
राती जंगलमा बनाएको अस्थायी टेन्टमा सुतेका समयमा सर्पले डसेपछि उपचारका लागी अस्पताल लैजनन टाढा भएका कारण करिब १ घण्टापैदल हिडेपछि गाडीमा चढेर अस्पताल पु¥याइएको र आईसियुमा भर्ना गरी उपचार सुरु गरिएको केही समय पछि चिकित्सकले मृत घोषणा गरेको उनका दाजुले बताए ।
उनको शव नेपाल ल्याएर शुक्रबार नै स्थानीय झिझिरीखोल घाटमा अन्त्योष्टिी गरिएको छ । परियारका एक ५ वर्षिया छोरा र श्रीमती छन ।

२० भाद्र २०७६ मा प्रकाशित
Nabintech