बागेसाल मध्यवर्ती सामुदायिक वनको २१ औ वार्षिक साधारणसभा सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर २१ भाद्र/बाँकेको राप्तीसोनारी–९ बुचापुर स्थित बागेसाल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको २१ औ वार्षिक साधारण सभा तथा १५ औं सार्वजनिक सुनुवाई तथा जनलेखा परिक्षण शनिबार सम्पन्न भएको छ । सभाको बागेसाल हरियाली मध्यवर्ती उपभोक्ता समुहका अध्यक्ष हर्क बहादुर खत्रीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले सामुदायिकले वन विपन्न समुहका मानिसहरुका लागी आयआर्जनमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए ।


साधारणसभामा आ.व २०७५÷०७६ को करिब ४ लाख ९४ हजार बराबरको आय व्यय प्रस्तुत गरिएको थियो । त्यस्तै समुहकी सचिव रोजीता डाँगीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कृति बहादुर खत्रीले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा बागेसाल हरियाली मध्यवर्ती समुहका उपाध्यक्ष भद्र बहादुर के.ुसीले आर्थिक वर्ष २०७५÷०७६ को करिब ३ लाख २३ हजार बराबरको आयव्यव प्रस्तुत गरेका थिए । त्यस्तै विरुवा संरक्षणमा योगदान पु¥याएको भन्दै जेष्ठनागरिक भिमा खड्कालाई पुरस्कृत गरिएको थियो । कार्यक्रमा सामुदायिक वन महासंघ बाँकेकी निर्वतमान महासचिव भिम कुमारी विष्टले सहजीकरण गरेकी थिईन । समुहका अध्यक्ष नेत्रनन्द उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्ज ढकेरी रेञ्पोष्टका प्रतिनिधि राम बहादुर थापा, प्रहरी बिट ढकेरीका कुमार के.सी, प्रगतिशिल मध्यवती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दल बहादुर खड्का, ढकेरी उद्दैन खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लक्षीराम के.सी समुहका उपभोक्ताहरु लगाएको सहभागीता रहेको थियो ।

२१ भाद्र २०७६ मा प्रकाशित
Nabintech