कौसिल्या अस्पतालले निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै

पिपलबाेट संवाददाता


कोहलपुर २२ भाद्र
बाँकेको कोहलपुरमा रहेको कौसिल्या अस्पताल प्रालीले अब देखी हरेक महिनाको पहिलो शनिबार निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने भएको छ । जेष्ठनागरिक मजदुर तथा विपन्न वर्गका विरामीहरुलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागीएको अस्पतालका प्रबन्ध निर्देशक राम प्रसाद न्यौपानेले बताए ।
अस्पतालका वरिष्ठ जनरल फिजिसियन द्धारा निशुल्क स्वास्थ्य परिक्षण गर्ने तथा सुगर निशुल्क परिक्षण गर्ने अस्पताालले जनाएको छ । त्यस्तै अन्य थाईराईड, कलेजो लगायतका सबै प्रकारका जाँचमा २० प्रतिशत छुट तथा औषधीमा समेत ५ प्रतिशत छुट दिईने बताईएको छ । शिविरमा वरिष्ठ जनरल फिजीसियन तथा पेट,छाती ,मधुमेह,रोग विशेषज्ञ डां श्याम बि.क, स्त्रीरोग सम्बन्धि विशेषज्ञ डा.निर्मला पाण्डे,तथा डा.हितेष न्यौपाने तथा डा. प्रभावकर भट्टराईबाट अक्युपञ्चर सेवा प्रदान गरिने बताईएको छ ।

२२ भाद्र २०७६ मा प्रकाशित
Nabintech