कोहलपुरमा १३ औँ राष्ट्रिय मानव बेचविखन ओसार पसार दिवसको सप्ताह ब्यापि कार्यक्रम अन्र्तगत सामुदायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । “सरकारको प्रतिवद्धता, मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एक्यवद्धता” भन्ने मुलनाराका साथ कोहलपुर मानव बेचविखन विरुद्ध काम गर्ने संघ संस्थाहरु ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुर, थ्रि एन्जल्स नेपाल कोहलपुर शाखा, समाज सुधार कार्यक्रा नेपाल, गैर सरकारी संस्थामहासंघ, कोहलपुर कलेज अफहोटल मेनेजमेन्ट को संयुक्ति आयोजना र कोहलपुर नगर स्तरीय मानव बेचविखन नियन्त्रण समितिको समन्वयमा १३ औँ राष्ट्रिय मानव बेचविखन ओसार पसार दिवसको सप्ताह ब्यापि कार्यक्रम अन्र्तगत सामुदायिक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख घटना शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला बालबालिका शाखाकि कोकिला शाही, ज्ञानोदय सामुदायि पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरका सचिव सुशिल सापकोटा, थ्रि एन्जल्स नेपालकोहलपुर शाखा प्रमुख लोकेन्द्र सुनार, समाज सुधार कार्यक्रम नेपालका संकर न्यौपाने, कोहलपुर कलेज अफहोटल मेनेजमेन्ट काप्रमुख रत्नचन्दले सहभागिता रहेको थियो । कार्यक्रम प्रशिक्षण समाज सुधार नेपालकाप्रमुख संकर न्यौपानेले गर्नु भएको शिवध्वज शाहीले जानकारी दिएका छन् ।