कोहलपुरमा मावन बेचबिखन सम्बन्धि अन्तरत्रिया कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


  1. कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले
    मावन बेचबिखन न्यूनीकरणका लागि स्थानीय सरकार र होटल व्यावसाय बीच सहकार्य हुन आवश्यक रहेको बताएका छन् । थ्री एन्जल्स नेपाल कोहलपुर शाखाको आयोजना र कोहलपुर नगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको समन्वयमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ अौ राष्ट्रिय दिवसको अवसरमा होटेल व्यावसायहरुसँग अन्तरत्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले बाँके जिल्ला कै ६० प्रतिशत मावन बेचबिखन हुने ठाउँका रूपमा तथाङ्क सार्वजनिक भएको प्रति चिन्ता व्यक्त गर्दै यसमा सबै गम्भीर भएर लग्नु पर्ने बताएका छन् ।
    ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालले घर भित्र बाटै बेचबिखन हुने हुँदा यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोे बताएका छन् ।
    कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिकि संयोजन नारायणी वलिले मावन बेचबिखनको केन्द्र बिन्दु कोहलपुर भएको बताउँदै साबै सचेत हुनुपर्ने बताईन ।
    कार्यक्रममा बोल्दै कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख हेम बहादुर शाहीले मावन बेचबिखन जघन्य आपराध भएकाले यसमा होटेल व्यावसाय यसमा सचेत रहनु पर्ने बताएका छन । साथै नेपाल प्रहरी मावन बेचबिखन नियन्त्रणका लागि सबैसङग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
    कार्यक्रममा बोल्दै थ्री एन्जल्स नेपाल कोहलपुर शाखा प्रमुख लोकेन्द्र सुनारले दासप्रथा सङ्गै मानव बेचबिखनको सुरुवात भएको भन्दै अब नियन्त्रण गर्न सबै लग्नु पर्ने बताएका छन् । साथै उनलेे थ्री एन्जल्स नेपालले गरेका कामका बारेमा जानकारी गराका छन् । कार्यक्रममा होटेल व्यवसायी संघका महासचिव खेमराज शार्माले गलत मनसाय भएका ग्राहकका कारण विभिन्न समस्या आउने गरेको भन्दै राज्यले यसका लागि ठोस नीति लिनुपर्नेमा जोड दिएका छन् ।
    कार्यक्रममा बोल्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कोहलपुर नगर स्तरिय समिती सदस्य शंकर न्यौपाने ले कोहलपुर मानव बेचबिखनको केन्द्र बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन । साथै मावन बेचबिखन नियन्त्रण सम्बन्धि कानूनी प्रावधानहरुका बारेमा कायपत्र प्रस्तुत गरेका थिए ।

२३ भाद्र २०७६ मा प्रकाशित
Nabintech