कविन्द्र परियार/कोहलपुर २३ भाद्र/संञ्चारकर्मी कल्पना कार्की पछिल्लो समयमा उद्घोषणमा चर्चा बटुल्न थालेकी छिन । स्थानीय स्तरमा हुने कार्यक्रमहरु होस या मेला महोत्सवमा उद्घोषणमा कार्की कै माग हुने गरेको छ । कुशल उद्घोषणकै कारण उनले हाल कुशल उद्घोषक चर्चा बटुल्न थालेकी छिन । भर्खरै मात्र बाँकेमा सम्पन्न बागेश्वरी सिङिङ्ग आईडलको कुशल उद्घोषण पछि उनले बाँकेको हवलदापुरमा सम्पन्न हवल्दारपुर कृषि ब्यापार तथा तिज महोत्सवमा समेत उद्घोषण गरीसकेकी छिन । दर्जनौं कार्यक्रमहरुमा उद्घोषण गरिसकेकी निर्भिक तथा स्पष्ट स्वर र आर्कषक शैलीले सबै आर्कषण गर्न सक्ने क्षमता भएकी कार्कीलाई पछिल्लो समयमा विभिन्न कार्यक्रम समेत उद्घोषणमा माग बढ्न थालेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोककी स्थायी वासिन्दा २५ वर्षिया अविवाहित कार्की लामो समय देखी सामुदायिक रेडियो कोहलपुर एफएममा समाचार वाचिका रुपमा समेत काम गरिरहेकी छिन । चुलिमालिका कृषी सहकारी संस्थाकी कर्जा शाखा प्रबन्धकका रुपमा काम गरिरहेकी कार्की सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छिन । उनी कोहलपुर नगर स्तरिय युवा संजालकी उपाध्यक्ष,डायनामिक युथ क्लबकी सचिव, राष्ट्रिय संगितकर्मी संघ बाँकेकी कार्यसमिति सदस्य, रझेना खानेपानी तथा सरसफाई समितिकी सदस्य समेत हुन । आर्कषक उद्घोषण शैलीले सबैलाई मोहित पार्ने सक्ने क्षमता भएकी कार्की पछिल्लो समयमा युवा अधिकारका क्षेत्रमा समेत सक्रिय छिन ।