विद्यार्थी नेता जैसीले मृगौला पीडितका लागी सहयोगी अभियान सुरु गर्दै

पिपलबाेट संवाददाता


 

कविन्द्र परियार,कोहलपुर २५ भदौ/कोहलपुरका विद्यार्थी नेता तथा युवा समाजसेवी टोपराज जैसीले बर्दियाको बढैयाताल गाउपालिका वडा नं १ जमुनी ठुलो डाँफेका मृगौला पीडित ३५ वर्षिय कृष्ण सुनारका लागी सहयोगी अभियान सुरु गरेका छन । करिब ३ वर्षदेखी मृगौला फेल भएर पीडित बनेका सुनारका लागी सुनार बचाउ अभियान अन्र्तगत विद्यार्थी नेता जैसीले कोहलपुरबाट सहयोग अभियान सुरु गरेका हुन । पीडितलाई सहयोग गर्नु मानविय धर्म भएका कारण आफुले यो अभियान सुरु गरेको जैसीको भनाई छ ।केही ठाउँहरुबाट सहयोग गर्ने आश्वासन आएको बताउदै यस अभियानमा सबैले सहयोग गर्न समेत जैसीले आग्रह गरेका छन । यो अभियान अन्र्तगत सहयोगका लागी ९८६८०८४५०८ मा सम्पर्क गर्न सकिने छ ।

हाल काठमाण्डौको विर अस्पतालमा उपचार गराईरहेका सुनारको हालसम्म उपचारमा करिब १२ लाख रुपैया खर्च भईसकेको पारिवारिक श्रोतले जानकारी दिएको उनका दाजु धन बहादुर सुनारले जानकारी दिए । त्यस्तै उनकी श्रीमती शान्तिले श्रीमानका लागी मृगौला दिन तयार भएपनि आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकिएको बताइएको छ । मृगौला प्रतयारोपण गर्न थप १२ लाख रुपैया लाग्ने भएको दाई धन बहादुरको भनाई छ । मृगौला पीडीत सुनारलाई युरिक एसिडको समेत समस्या देखिएको पारिवारिक श्रोतले जनाएको छ । सुनारका श्रीमती,एक छोरा र एक छोरी रहेका छन ।

२५ भाद्र २०७६ मा प्रकाशित
Nabintech