युएई विरुद्ध खेल्न आज नेपाली टिम जाँदै

पिपलबाेट संवाददाता


आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको खेलमा युएईसँग प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टिम आज युएई प्रस्थान गर्दैछ।

नेपाली टिमले युएईसँगको च्याम्पियनसिप खेल्नुअघि अमेरिका र केन्यासँग मैत्रीपूर्ण अभ्यास खेल खेल्नेछ। डिसेम्बर १ मा अमेरिकासँग र डिसेम्बर ३ मा केन्यासँग खेल्नेछ।

मंसिर २० र २२ मा युएईसँग खेल्न नेपालले सोमबार १४ सदस्यीय टिमको घोषणा गरेको थियो। यसअघि हङकङसँग खेल्दा टीममा नरहेका शक्ति गौचन र दिलिप नाथले स्थान बनाएका छन्।

अनिल शाह र कुशल भुर्तेल पनि नेपाली टिमसँग अतिरिक्त खेलाडीको रुपमा युएई जानेछन्। दुवै खेलाडीले यसअघि यु(१९ रास्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् जसमध्ये अनिलले भर्खरै मलेसियामा सम्पन्न यु(१९ एसिया कपमा अफगानिस्तानसँग अर्धशतक प्रहार गर्दै चर्चा कमाएका थिए भने कुशल लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दैआएका छन्।

हङकङसँग गत महिना सम्पन्न च्याम्पियनसिपको छैठौं चरणको खेलमा १ खेलमा पराजित तथा १ खेल वर्षाको कारण सम्भब नभए पछि नेपाली टिम डिभिजन(२ मा रेलिगेट भएको थियो। युएई पनि नेपालसँगै डिभिजन(२ मा रेलिगेट भैसकेको अवस्थामा दुवै देश बीचको खेल प्रतिष्ठाको खेलको रुपमा हेरिएको छ।

बिश्व क्रिकेट लिग डिभिजन(२ प्रतियोगिता नामिबियामा फेब्रुअरीमा आयोजना हुनेछ। डिभिजन(२ मा उत्कृष्ट २ भित्र पर्नसके नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने भनिएको आईसीसी एक दिवसीय विश्वकप छनोट खेल्न पाउनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।

दुई वर्षदेखि चलिरहेको विश्व क्रिकेट लिग ९डब्लुसिएल० च्याम्पियनसिप आगामी साता सकिँदै छ।

च्याम्पियनसिपको अन्तिम चरण ३ टिमका लागि महत्वपूर्ण छ। स्कटल्यान्ड, हङकङ र केन्यामध्ये २ टिम विश्वकपमा छनोट प्रतियोगिताका लागि छानिनेछन् भने १ टिम डिभिजन–२ मा झर्नेछ।

नेदरल्यान्ड्स र पपुवा न्युगिनी विश्वकप छनोट प्रतियोगितामा स्थान बनाइसकेका टिम हुन्। नेपाल, नामिबिया र यूएई भने डिभिजन–२ मा झरिसकेका छन्।

नेपाली टिम –

पारस खड्का ९ कप्तान ० , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ

बैकल्पिक खेलाडी – सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह

डब्लुसिएलका अन्तिम चरणका खेल मंसिर २० र २२ गते

नेपाल भर्सेस युएई
केन्या भर्सेस स्कटल्यान्ड
हङकङ भर्सेस पपुवा न्युगिनी
नेदरल्यान्डस भर्सेस नामिबिया

१३ मंसिर २०७४ मा प्रकाशित
Nabintech