जैसीको अभियानमा सहयोग जुट्दै, युवा समाजसेवी शाहीले गरे दश हजार सहयोग

पिपलबाेट संवाददाता


कविन्द्र परियार/कोहलपुर २६ भाद्र /कोहलपुरका विद्यार्थी नेता टोपराज जैसीले सुरु गरेको मृगौला पीडित कृष्ण सुनार बचाउ अभियान अन्र्तगत सहयोग जुट्न क्रम सुरु भएको छ । बुधबार कोहलपुरका युवा समाजसेवी उमेश शाहीले नगद १० हजार सहयोग गरेका छन । उनले कृष्ण सुनार बचाउ अभियान अन्र्तगत आफ्नो सानो सहयोगले सुनारको उपचारमा सहयोग पुगोस भनेर सहयो गरेकोे बताए ।

केही दिन अघि खजुरा गाउँपालिकाका मृगौला पीडित अमित दर्जीलाई शाहीले नगद १० हजार आर्थिक सहयोग गरेका थियो । उनले अमित दर्जी बचाउ अभियान अन्र्तगत सहयोग गरेका हुन । पछिल्लो समयमा विविध सामाजिक काम तथा सहयोगमा जुटेका शाहीले केही समय अघि आफ्नो जन्मदिनको अवसरमा कोहलपुर स्थित निलसागर वृद्धाश्रममा पुगेर त्यहा रहेका जेष्ठनागरिकहरुका लागी करिब २० हजार बराबरको सहयोग गरेका थिए ।त्यस्तै उनले कोहलपुरकै छल्ली चन्दको उपचारका लागी १० हजार सहयोग गरी सकेका छन । पछिल्लो समयमा समाजिक क्षेत्रमा सक्रिय ३० वर्षिय युवा समाजसेवी शाही अन्य सामाजिक क्रियाकलापमा समेत सक्रिय रहेका छन ।

२६ भाद्र २०७६ मा प्रकाशित
Nabintech