क्रीसाको अध्यक्षमा शिव डाँगि चयन

पिपलबाेट संवाददाता


कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठनको नवौं वार्षिक साधारणसभा एवम् चौथो अधिवेशनबाट शिव प्रसाद डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा लक्षमण सिंह, सचिवमा नव किरण शाह र काेषाध्यक्षमा झलक वलि चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बेगम चन्द, विष्णु केसि, रमेश खत्री, प्रकश मल्ल र प्रभात भारती चयन भएका छन् । उक्त समितिको कार्यकाल २वर्षको हुनेछ ।
त्यस्तै कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठनको नवौं वार्षिक साधारणसभा एवम् चौथो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रदेश नम्बर ५ कि कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले सस्थागत विद्यालयले शैक्षिक विकासमा महत्वपुर्ण भूमिका खेलेको बताईन । साथै उनले प्रदेश सरकारले गुणस्तरशिक्षाका लागि सबैसङ्ग हातेमालो गर्ने बताईन ।
क्रीसा अध्यक्ष दिनेश सिग्देलले सस्थागत विद्यालयहरुले सामाजिक उतरदाहित्व बहन गर्नुपर्ने बताएका छन ।
नेशनल प्याब्सन प्रदेश नम्बर ५का सदस्य कमल पछाईले राज्यले नीजी विद्यालयलाई हेर्ने नितिमा पर्वतन गर्नुपर्ने बताएका छन् । कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख आनन्त कुमार पौडेलले सस्थागत विद्यालय सङग सहकार्य गरेर कोहलपुरलाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताएका छन् । स्थानीय सरकारले सस्थागत विद्यालयका लागि चालु आर्थिक वर्षका लागि विशेष बजेट छुट्याइएको जानकारी समेत गरायका छन् ।
कार्यक्रममा बोल्दै नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारिले नाफामुखी नभएर सेवामुखी हुनुपर्ने भन्दै राज्यले सस्थागत विद्यालयको योगदानलाई उच्च सम्मान गर्नु पर्ने बताएकि छिन । साथै सबै विद्यालयको पाठ्यक्रम एउटै गर्नु उपयुक्त नहुनेमा जोड दिदै अब सस्थागत विद्यालय सामाजिक कार्य लाग्नुपर्ने बताईन ।
कार्यकममा क्रीसामा सदस्य विद्यालयको सहभागी रहेको थियो ।

 

२८ भाद्र २०७६ मा प्रकाशित
Nabintech