मृगौला पीडित सुनार बचाउ अभियानमा सुवेदीले गरे दश हजार सहयोग

पिपलबाेट संवाददाता


कविन्द्र परियार, कोहलपुर २६ भाद्र ,/कोहलपुरका विद्यार्थी नेता टोपराज जैसीले सुरु गरेको मृगौला पीडित कृष्ण सुनार बचाउ अभियान अन्र्तगत सहयोग जुट्ने क्रम बढ्दै गएकोे छ । आईतबार कोहलपुरका नगरपालिका– ११ स्थित एभरेष्ट टेक्निकल कलेजका प्रबन्ध निर्देशक तथा उद्यम विकास सहजकर्ता केन्द्रिय सदस्य तथा प्रदेश नं ५ का ईन्चार्ज विरेन्द्र सुवेदीले नगद १० हजार सहयोग गरेका छन । उनले कृष्ण सुनार बचाउ अभियान अन्र्तगत आफ्नो सानो सहयोगले सुनारको उपचारमा सहयोग पुगोस भनेर सहयो गरेकोे बताए ।
यस अघि कोहलपुरका युवा समाजसेवी उमेश शाहीले नगद १० हजार कोहलपुरका नगरपालिका– ११ स्थित निडेड टेक्निकल कलेजका प्रबन्ध निर्देशक लोकेन्द्र बहादुर चन्दले नगद १० हजार सहयोग गरेका छन । यो संगै कृष्ण सुनार बचाउ अभियान लाई सहयोग गर्ने क्रम बढेको अभियानका सदस्य अकिंत सिग्देलले बताए ।

२९ भाद्र २०७६ मा प्रकाशित
Nabintech