नेविसंघ बाँकेले भोलि बिरोध प्रर्दशन गर्दै

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस पार्टी सभापति किरण कोइरालाको हात भचिने गरी भएको घटनामा संग्लनलाई तत्काल कारवाही गर्न दवाव दिनका लागि नेपाल विद्यार्थी संघ बाँकले भोलि सोमबार बाँकेमा बृहत विरोध प्रदर्शन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यका अनुसार सभापति किरण कोइराला लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा आक्रमण गर्ने मुख्य दोषिलाई तत्काल कारवाही गरिनुपर्ने माग सहित नेविसंघले विरोध गर्न लागेको बताएका छन् । अध्यक्ष आचार्यका अनुसार पार्टी कार्यालय नेपालगञ्जबाट विरोध ¥यालि सुई भई जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको बताएका छन । साथै उनले उक्त विरोध कार्यक्रममा भोलि बिहान ११ बजे नेपाल विद्यार्थीका नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा भेला हुन अनुरोध गरेका छन् । घटनामा संग्लनलाई कारवाही गर्नुपर्ने माग सहित नेविसंघले विरोध प्रदर्शन गर्ने आचार्यले बताएका छन् । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत खजुरामा कार्यक्रममा भईरहेको बेला सभापति कोइराला लगायत नेता तथा कार्यकर्तामा आक्रमण गरी सभापति कोइरालाको हात बाँचिएको छ ।

२९ भाद्र २०७६ मा प्रकाशित
Nabintech