कोहलपुरमा बुद्धिचाल प्रतियोगिता सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा आधारभूत तह स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । एनप्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा सम्पन्न भएको बुद्धिचाल प्रतियोगितामा वस्र्टन माविका प्रिन्स गुरुङ प्रथम, पञ्चमुखि माविका सिद्वार्थ पुन, नमूना विद्यासदन माविका सञ्जय बानिया तृतीय भएका छन् । कार्यक्रमको आरबिटर पशुपत्ति नाथ योगि रहेका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शाखाका विद्यालय निरीक्षक जीवन न्यौपानेले विद्यार्थीको व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका रहने बताएका छन् । साथै उनले बालबालिकालाई पाठ्यक्रमले तोकेको विषयवस्तु भन्दा बाहिरको ज्ञान हासिल गर्न यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै एनप्याब्सन कोहलपुर नगर कमिटीका अध्यक्ष किशोरराज मल्लले बालबालिकाको बौद्धिक विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताउँदै बालबालिकाको अन्तर्नि्हित क्षमताको विकास हुने बताएका छन् । कार्यक्रममा एनप्याब्सन कोहलपुर नगर कमिटीमा आवद्ध १०वटा विद्यालयको सहभागी रहेको थियोे । कार्यक्रममा नेपाल बुद्विचाल संघ बाँकेका सचिव शुसिल सापकोटा, एनप्याब्सनका पदाधिकारी लगायत शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

३१ भाद्र २०७६ मा प्रकाशित
Nabintech