नेपाली काँग्रेस केन्द्रीय सदस्य मालती सोडारीले नेपाली काँग्रेसले महिलालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छिन् । नेपाली काँग्रेसको दोस्रो जनजागरण अभियान अन्तर्गत नेपाल महिला संघ क्षेत्र नं. १ ले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बाल्दै संविधानले नै महिलाको हक सम्बन्धि विशेष अधिकारी दिएको जानकारी दिँदै नेपाली काँग्रेसले पार्टीका विभिन्न संचनामा महिलाको सहभागितालाई विशेष जोड दिनुपर्ने बताएकी छिन् । साथै उनले नेपाली काँग्रेसले वर्तमान सरकारले गरेको जनभावना विपरीत कार्यहरुलाई जनतामाझ पु¥याउनका लागि जनजागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै नेपाली काँग्रेस अब जनताको बिचमा गएको बताएकी छिन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य मिनासिग्देल, कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु चौधरीले मुलुकको परिवर्तनमा नेपाल महिला संघले महत्वपूर्ण योगदान पु¥याएको भन्दै महिलाहरुको अधिकार सुनिश्चिताका लागि सकरात्मक सोचको विकास हुनुपर्ने बताएकी छिन् । नेपाल महिला संघ क्षेत्र नं. १ की सभापति केश कुमारी वलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल महिला संघ सँग आवद्व नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।