मानव बेचबिखन विरुद्वको “हाम्रो अभियान” कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर मानव बेचविखनओसार पसार विरुद्धको हाम्रो अभियान कार्यक्रम सम्पन्न भएको छ । थ्रि एन्जल्स नेपाल शाखा कार्यालय कोहलपुरको आयोजना र ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुर संगको समन्वयमा कोहलपुर नगरपालिका र राप्तीनोनारी गाउँपालिमा मानव बेचविखन विरुद्धको हाम्रो अभियान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्र्तगत राप्तीसोनारी गाउँपालीका ३ मा रहेको सरस्वती माध्यामिक विद्यालय र राप्तिसोनारी २ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयममा भदै २९ गते, राप्तिसोनारी २ पेरानीमा रहेको शिव शक्ति मा.वी., राप्तीसोनारी ८ शम्सेरगंजमा रहेको दुर्गा भवानी मा.वि.मा ३० गते र कोहलपुर १ कौशिल्यानगरमा रहेको मध्यपश्चिम पृतना तालिम शिक्षालय कौशिल्यानगर र कोहलपुर ११ मा रहेको डाइनामिक मा.वि. मा मंगलबार कार्यक्रम गरी तीन दिनसम्म अभियान कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तै मानव बेचविखनको हाम्रो अभियान अन्र्तगत सबै ठाउँमा ७५ जना सहभागिलाई १५÷१५ जनाको ५ वटा समुहमा विभाजन गरी ५ वटा स्टेसनमा मानव बेचविखनका कारण, असर, सावधानी, मेरो शरिर र पुर्नस्थापनाका बारेमा खेलको माध्यामबाट जानकारी गराउने कार्यक्रममा विभिन्न स्टेसनमा रहेर सहजकर्ताहरु डोलमायाँ गुरुङ, सम्झना चदारा, विपना सिहं, रामकुमारी चौधरी, आशिष सुनुवार, गोभिन्द वि.क., प्रकाश मडाई, सुजाता विश्वकर्मा, काजल बि.क., सोना नेपाली, पुष्पा बि.सी.ले सहभागिहरुलाई मानव बेचविखनका बारेमा जानकारी गराएका थिएका थिए भने थ्रि एन्जल्स नेपाल कोहलपुर शाखा प्रमुख लोकेन्द्र सुनार र तिला पुनमगरका साथै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका मानव बेचविखन कार्यक्रम प्रमुख शिवध्वज शाहीले सम्पुर्ण कार्यक्रममा सहजिकरण गरेका थिए । साथै कार्यक्रममा माध्याकि विद्यालयका साहयक प्रधानाध्यापक पुष्पलाल थारु, नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक बसन्त गौतम, शिव शक्ति मा.वी.का प्रधानाध्यापक झक्कु प्रसाद डाँगी, दुर्गा भवानी मा.वि.का प्रधानाध्यापक देव बहादुर थापा, डाइनामिक मा.वि.का प्रबन्ध निर्देशक शारदाप्रसाद कोइराला र प्र्राचार्य रविन्द्र रेग्मी साथै मध्य पश्चिम पृतना तालिम शिक्षालय निर्वतमान शिक्षा अधिकृत सेनानि गोपाल पौडेलले कार्यक्रममा विभिन्न खेलको माध्यामबाट मानब बेचविखन संग सम्बन्धीत विभिन्न कुराहरु सिक्ने भएकाले कार्यक्रम एकदमै प्रभावकारी भएको बताएका छन् । यसका साथै उनीहरुले विद्यालयको पाठ्य पुस्तकमा समेत मानव बेचविखनको शिर्षक भएकाले विद्यार्थिहरुलाई यस कार्यक्रमबाट थप सिकाई हुने बताउँदै सिकेका कुराहरु आफु लगायत आफ्ना साथि भाई, आफन्त लगायत समुदायमा समेत सिकाउनु पर्ने जानकारी समेत गराएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका मानव बेचविखन कार्यक्रम प्रमुख शिवध्वज शाहीले जानकारी दिएका छन् ।

३१ भाद्र २०७६ मा प्रकाशित
Nabintech