नेकपाद्वारा प्रदेश कमिटि सदस्यहरुको कार्य बिभाजन

पिपलबाेट संवाददाता


नेकपाले संघ तथा प्रदेश ईन्चार्जको टुगो लगायो नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश ५ ले प्रदेश कमिटि सदस्यहरुको कार्य बिभाजन गरेको छ । नेकपा श्रोतका अनुसार बाँके क्षेत्र नं १ को संघिय ईन्चार्ज प्रकास सुबेदी, सह ईन्चार्ज कृष्ण केसी नमुना, राम दास थारु चएन भएका छन । यसैगरि प्रदेश सभा अन्र्तगत १ (क) ईन्चार्ज पुजन बिश्वकर्मा सह ईन्चार्ज पट्टु थारु १ –ख) ईन्चार्जमा नरेन्द्र न्यौपाने चयन भएका छन । यसैगरि नेपालञ्ज उपमहानगरपालिकाको ईन्चार्जमा अकल बहादुर बम चयन भएको नेकपा श्रोतले जनाएको छ । बाँके क्षेत्र नं. २ को संघिय ईन्चार्ज शान्ती ढकाल चयन भएकी छिन भने सह ईन्चार्ज मुश्लिम नेता अतहर हुसेन फारुकी, प्रदेश सभा अन्र्तगत २ (क) ईन्चार्जमा प्रेम भुषाल र २ (ख) को ईन्चार्जमा नबिन शर्मा चयन भएका छन । यसैगरि बाँके क्षेत्र न.३ संघ का इन्चार्जमा नन्द लाल रोकाया, सह इन्चार्जमा डम्मर बि क (तुफान) र प्रदेश (क) ईन्चार्जमा नरेन्द्र पान्डे (जेम्स), प्रदेस (ख) इन्चार्जमा बेद निधि प्याकुरेल चएन भएका छन । यसैगरि बिद्यार्थी संगठनको फ्याक्सन ईन्चार्जमा नरेन्द्र न्यौपाने, दलित संगठनको सहईन्चार्जमा पुजन बिश्वकर्मा र महिला संगठन सहईन्चार्जमा पार्वतिपुन उषा चयन भएको नेकपा श्रोतले जानकाएको छ ।

३१ भाद्र २०७६ मा प्रकाशित
Nabintech