बैजनाथ सहकारीको हब बन्यो ः मन्त्री पौडेल

पिपलबाेट संवाददाता


प्रदेश नम्बर ५ कि भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बैजनाथ सहकारीको हब भएको बताएकि छिन् । बाँकेको बैजनाथमा रहेकोे देउराली माछा उत्पादक कृषक सहकारी संस्था लिको ११ औं स्थापना दिवस, १० औं वार्षिक साधारण सभा र नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बैजनाथमा सहकारी अभियान पृथक तरिकाले संचालन भएको बताउँदै बैजनाथ सहकारीको हब भएको बताईन । साथै उनले सहकारी उत्पादन मुखी बन्दै गयको प्रती खुशी व्यक्त गर्दै सहकारिहरु बिच सहकार्य गर्नु आबश्यक रहेको बताईन । सहकारीको मध्यमबाट महिलालाई आत्मानिर्भर बनाउनुपर्ने भन्दै सहकारीले महिलालाई आर्थिक रुपमा सक्षम बनाउनका लागि प्रदेश सहकारीले किसान र महिलालाई पहिलो प्राथमिकता दिएको बताईन । मन्त्री पौडेलले देश विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सरकारले किसानका लागि सहकारी बजारको स्थापना गर्ने बताईन । बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले बैजनाथले सहकरिमैत्री नीति लिएको बताउदै स्थानीय सरकार सहकारी सङ्ग सहकारि गर्ने तयार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै पूर्व राज्य मन्त्री दल बहादुर सुनारले राज्यले सहकारीलाई आर्थिक तीन खम्बे नीतिमा राखेको बताउदै सरकारको खुशी नेपाली समृद्र नेपालको नारालाई पूरा गर्न सहकारीको महत्वपूर्ण भूमिका रहेने बताएका छन् । कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुबेदिले शेयर सदस्यले एउटा मात्र सहकारिमा बस्न आग्रह गर्दै धेरै सहकारीमा बसेर अनावश्यक दुख नपाउन शेयर सदस्यलाई अप्रील गरेका छन् । कार्यक्रममा बोल्दै केन्द्रिय कृषि सहकारी संघका संचालक देब बहादुर केसीले अब सहकारीले कृषिलाई विशेष जोड दिएको बताएका छन् । सस्थाका अध्यक्ष गोर्ख बहादुर रोकाले आर्थिक रुपले उत्पीडित सदस्यको आय स्तर वृद्धि गर्नको लागि पूर्वाधार खोजी गरि आयमुलक र सीप मुलक तालिम संचालन गरिने बताएका छन । सहकारीका प्रबन्ध दिपक कुमार बिसिले आर्थिक वर्ष २०७५/०७६ को कुल कारोबार ८ करोड २० लाख, जगेडा कोष २४ लाख ४८ हजार रहेको बताएका छन् । साथै उनले नव निर्मित तीन तले भवन १करोड ८३ लाखमा निर्माण भएको बताएका छन् । कार्यक्रममा उत्कृष्ट बचत कारोबारमा चन्र्दा थापा, दिल बहादुर वलि, कृष्ण बुढा र शशी कुमारी रानालाई सम्मन गरिएको छ । साथै जेष्ठ शेयर सदस्यमा फिरु थारु र मिना शाहिलाई सम्मान गरिएको छ ।

१ आश्विन २०७६ मा प्रकाशित
Nabintech