कोहलपुरमा छैठौं परिवार योजना दिवस मनाईयो

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा छैठौं योजना दिवश २०७६ को ¥यालि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा कोहलपुर बाँकेको आयोजना र सुनौलो परिवार, मेरी स्टोपर्स सेन्टर, गेरुवा ग्रामीण जागरण संघ बर्दिया, सुआहाराको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यत्रमममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले परिवार खुशी बनाउनका लागि परिवार नियोजनको बृहत योजना बनाउन आवश्यक रहेको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले परिवारको योजनालाई सफल बनाउनका लागि स्वास्थ्य स्वयमसेविकाले महत्वपूर्ण भूमिका रहेको बताएका छन् । स्थानिय सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनकालागि विशेष नीति लिएको बताउँदै स्वास्थ्य स्वयमसेविकालाई विशेष सेवा दिईरहेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणी वलिले परिवारबाटै नै राष्ट्रको समृद्वि आउने बताउँदै परिवार नियोजनको योजना बनाउनुपर्ने बताएकी छिन् । साथै उनले सरकारले लिएको खुशी नेपाली समृद्व नेपालको नारालाई पुरा गर्नका लागि परिवारबाटै सम्भव हुने भन्दै परिवारको योजनाले जनसंख्यामा बृद्धिमा कमि आउने बताईन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाको नगर स्वास्थ्य शाखाका संयोजक धननाथ योगिले कोहलपुर नगरपालिकामा परिवार नियोजनको प्रगति प्रतिवेदन अनुसार ३६ प्रतिशत रहेको बताउँदै यसलाई बढाउनका लागि स्वास्थ्यकर्मी, स्थानिय जनप्रतिनिधिहरुको सहकार्य आवश्यक रहेको बताए । कोहलपुर नगरपालिकाको नगर स्वास्थ्य शाखाका उप संयोजक विद्यासागर मैनालिले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्यकर्मी लगायत स्वयम्सेविकाको सहभागिता रहेको थियो ।

२ आश्विन २०७६ मा प्रकाशित
Nabintech