अखिलका नेता जैसीको अभियानमा नेविसंघ सभापति पाण्डेको सहयोग

पिपलबाेट संवाददाता


कोहलपुर २ असोज/कोहलपुरका विद्यार्थी नेता टोपराज जैसीले सुरु गरेको मृगौला पीडित कृष्ण सुनार बचाउ अभियान अन्र्तगत सहयोग जुट्ने क्रम बढ्दै गएकोे छ । बुधबार बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर का इकाई सभापति राम पान्डेले ५ हजार सहयोग गरेका छन । जैसीको अभियानलाई कोहलपुरका क्षेत्रका विभिन्न राजनितिक दलका प्रतिनिधि, संगठनका प्रमुख समाजसेवी व्यापारी लगायतले सहयोग अभियानमा ऐक्यवद्धता जनाउदै सहयोग समेत गरिरहेका छन ।

उनको अभियानमा एभरेष्ट टेक्निकल कलेजका प्रबन्ध निर्देशक तथा उद्यम विकास सहजकर्ता केन्द्रिय सदस्य तथा प्रदेश नं ५ का ईन्चार्ज विरेन्द्र सुवेदीले नगद १० हजार सहयोग गरेका छन । कोहलपुरका युवा समाजसेवी उमेश शाहीले नगद १० हजार कोहलपुरका नगरपालिका– ११ स्थित निडेड टेक्निकल कलेजका प्रबन्ध निर्देशक लोकेन्द्र बहादुर चन्दले नगद १० हजार सहयोग गरेका छन । यो संगै कृष्ण सुनार बचाउ अभियान लाई सहयोग गर्ने क्रम बढेको अभियानका सदस्य अकिंत सिग्देलले बताए ।

२ आश्विन २०७६ मा प्रकाशित
Nabintech