स्थानीय तह संग समन्वय बैठक समपन्न

पिपलबाेट संवाददाता


कोहलपुर २ असोज/ बाँकेको कोहलपुरमा अपाङ्गता सशक्तिकरण कार्यक्रम सम्बन्धी स्थानीय तह संग समन्वय बैठक बिहिबार सम्पन्न भएको छ । परिलक्षितको आयोजनामा संचालन गरिएको कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उप प्रमुख संजु कुमारी चौधरीले परियोजनाले नगरपालिका संग समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुको हितमा काम गर्नुपर्ने बताईन। त्यस्तै उनले अपाङ्गता भएका व्यक्तिहरु अवसरको खोजीमा भएका कारण उनीहरुको आवश्यकता अनुसारका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिईन ।

कार्यक्रममा परिलक्षितका बाँके तथा कैलालीका फिल्ड संयोजक प्रदिप रानाले संस्थाले सन २०१९ मा गर्ने गतिविधि र बजेट बारे जानकारी गराएका थिए । त्यस्तै परिलक्षितका कार्यक्रम संयोेजक रामदेव चौधरीले संस्थाले बाँके जिल्लाको राप्तीसोनारी र कोहलपुर नगरपालिकामा कार्यक्रम संचालन गर्ने बारे जानकारी दिदै कार्यक्रमका सहभागीहरुको जिज्ञासाहरुको जवाफ दिएका थिए । कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी , अपाङ्गता भएका व्यक्तिहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन बाँके जिल्लाका सामाजिक परिचालक नर बहादुर विष्टले संचालन गरेका थिए ।

२ आश्विन २०७६ मा प्रकाशित
Nabintech