क्रियाशिल पत्रकार समूहको अध्यक्षमा पुन आचार्य

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर क्रियाशिल पत्रकारसमूह बाँकेको पूर्नगठन गरिएको छ । क्रियाशिल पत्रकार समूह बाँकेको अध्यक्षमा निर्मल आचार्य पुन चयन भएका छन् । समूहको अज (शनिबार)को विशेष भेलाले अध्यक्षमा आचार्यसँगै उपाध्यक्षमा संगिन शर्मा, सचिवमा राम बहादपुर रावत, सहसचिवमा कविन्द्र परियार, कोषाध्यक्षमा अनिता बिक र सदस्यहरुमा पवित्रा परियार, प्रिया शाही, डिल्ली शाही, यानवी साहु, कृष्ण चौधरी, रबि रोकाया, रबिन्द्र सिंह ठकुरी, भिम पौडेल, अशोक भण्डारी, कल्पना कार्की रहेका छन् । साथै क्रियाशिल पत्रकार समूहको विधान बनाएर बाँकेका सबै स्थानियतहहरुमा सुचिकृत गराईने अध्यक्ष निर्मल आचार्यले बताएका छन् । त्यस्तै समूहका उपाध्यक्ष संगिन शर्माले क्रियाशिल पत्रकाहरुको हक र अधिकारका लागि नीतिगत संषर्घ गर्ने बताउँदै पत्रकारहरुका समस्यालाई समाधान गर्न सबैसँग सहकार्य गर्ने बताएका छन् । समुहका सचिव राम बहादुर रावतले पत्रकारले जनताको आवाजको प्रतिनिधित्व गर्ने भएकाले क्रियाशिल पत्रकारलाई जनताका समस्यालाई पहिलो प्राथमिकतादिनका लागि विशेष नीति लिने बताएका छन् । क्रिया पत्रकार समूह बाँकेको अध्यक्ष निर्मल आचार्यको सभापतित्वमा सम्पन्न भएको भेलामा समूहका सल्लाहकार राजेश आचार्य लगायत कोहलपुरका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

४ आश्विन २०७६ मा प्रकाशित
Nabintech