शिखर सहकारीद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको शिखर जडिबुटी उत्पादक सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिखरले आफ्नो नवौं वाषिर्क उत्सवको अवसमा रक्तदान कार्यक्रममा अहिले सम्म २५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा बोल्दै शिखर जडिबुटी उत्पादक सहकारी संस्थाका अध्यक्ष नवराज उपाध्यायले सामाजिक उतरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताएका छन् । साथै उनले शिखरले उत्पादनलाई विशेष जोड दिएको बताएका छन् । यसका साथै सहकारीको स्थापन दिवसको अवसरमा आज आईतबार शेयर सदस्यहरु बिच अन्तक्रीया कार्यक्रम सम्पन्न गरिएको छ । अन्र्तक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष नवराज उपाध्यायले सहकारीको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । साथै उनले संस्थाको कुल शेयर पूँजी ९६ लाख ५३ हजार, कुल बचत ३ करोड ५०, कुल ऋण लगानी ४ करोड ३५ लाख रहेको जानकारी दिएका छन् ।

५ आश्विन २०७६ मा प्रकाशित
Nabintech