मानबेचबिखन तथा ओसारपसार स्थानिय सरकारवाल निकायसँग समन्वय बैठक सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा मानबेचबिखन तथा ओसारपसार स्थानिय सरकारवाल निकायसँग समन्वय बैठक सम्पन्न भएको छ । साना हातहरु नेपाल नेपालगञ्जको आयोजना र कोहलपुर नगरपालिका मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको समन्वयनमा मानबेचबिखन तथा ओसारपसार स्थानिय सरकारवाल निकायसँग समन्वय बैठक सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणी वलीले मानव बेचबिखनको सञ्जाल धेरे रहेको बताउँदै मानव बेचबिखनमा परेकाहरुलाई सामाजिक जीवन जिउनका लागि सबै लाग्नुपर्ने बताईन् । साथै उनले कोहलपुर नगरपालिकाले मानव बेचबिखनको केन्द्रका रुपमा सबैले लिएको बताउँदै यसलाई नियन्त्रण गर्नकालागि कोहलपुर नगरपालिकाले विशेष नीति लिएको बताईन् । कार्यक्रममा बोल्दै साना हातहरु नेपाल नेपालगञ्जकी प्रतिनिधि अम्बिका पुनले साना हातहरु नेपालले मानव बेचबिखनको शिकार भएकालाई उद्धार गरी आपत्कालिन व्यवस्थापन, स्वास्थ्य परिक्षण, स्वरोजगारमूलक , जनचेतना, नैतिक शिक्षा दिईरहेको बताएकी छिन् । कार्यक्रममा बोल्दै साथी संस्थाका प्रतिनिधि शंकर न्यौपानेले मानव बेचबिखनलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

६ आश्विन २०७६ मा प्रकाशित
Nabintech