कोहलपुर नगरले घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउँदै ः उपप्रमुख चौधरी

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले बैंकबाट दिँदै आएको सामाजिक सुरक्षा भत्ता अब घरघरमै गएर दिने भएको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीको संयोजकत्वमा रहेको सामाजिक सुरक्षा कार्यक्रमको स्थानीय स्तरको अनगुमन तथा सुपरीवेक्षण समितिले कोहलपुर नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउन लागेको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले आईतबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७६÷०७७ को चौमासिक सामाजिक सुरक्षा भत्ता कोहलपुरका बैंकहरुको सहकार्र्यमा घरघरमै पु¥याउन लागेको बताएकी छिन् । कोहलपुर नगर भित्र रहेका जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, लोपोन्मुख आदिवासी÷जनजाती, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, बालबालिका सुरक्षा र जेष्ठ नागरिक औषधी उपचार भत्ता प्राप्त गर्ने छ हजार तीन सय ३६ जनालाई घरघरमै सामाजिक सुरक्षा भत्ताबाट प्राप्त गर्ने रकम पु¥याउन लागेको जानकारी दिएकी छिन् । हाल कोहलपुर नगरपालिकाले एक चौमासिकमा पाँच करोड ५६ लाख ७४ हजार रुपैयाँ वितरण गरिरहेको पाईएको छ । उपप्रमुख चौधरीका अनुसार सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लाईन लाग्नुपर्ने झन्झटिलो भएको, दिनभर लाईनमा बस्नुपर्ने तथा कतिपय अवस्थामा बैंकले सामाजिक सुरक्षा भत्ता लिनेलाई फिर्ता पठाउने गरेको र बैंकमा बस्ने ठाउँ समेत नभएकोले बैंकहरुको सहकार्यमा बैंकका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा घरघरमै सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको हो । ‘सामाजिक सुरक्षा भत्ता लिन अप्ठ्यारो भएको गुनासो आएपछि यस्तो निर्णय लिएका हौं’ उनले भनिन् ‘कोहलपुर नगरपालिकाले बैंक र वडापालिकाका जनप्रतिनिधिहरुले सो रकम वितरण गर्नेछन् ।’ साथै उनले कोहलपुर नगरपालिका भित्रको सामाजिक सुरक्षा भत्ता यहि असोज १६ र १७ गते सम्म वितरण गरिसक्ने बताएकी छिन् ।
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ ले स्थानिय तहका नगर तथा गाउँपालिकाका उप–प्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका दुई जना सदस्य, अपाङ्ग राष्ट्रिय प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधि सदस्य रहने सामाजिक सुरक्षा कार्यक्रमको स्थानीय स्तरको अनगुमन तथा सुपरीवेक्षण समिति रहने व्यवस्था गरेको छ । सो समितिले वडा कार्यालयमा रहेका लाभग्राहीहरुको अभिलेख निरीक्षण गर्ने, दर्ता र नविकरण तोकिए बमोजिम भए नभएको निरीक्षण गर्ने, लाभग्राहीसँग भेटघाट गरी गुनासो तथा सुझाव संकलन गर्ने, बैंक÷वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकबाट प्रदत्त सेवा प्रभावकारी भए नभएको बारेमा जानकारी हासिल गर्ने, वडा कार्यालयबाट भएका सार्वजनिक सुनुवाईको प्रतिवेदन अध्ययन गर्ने र प्राप्त सुझाव कार्यान्वयन तथा गुनासो सम्बोधन भए नभएको समीक्षा गर्ने, कार्यक्रमको सम्बन्धमा अनियमितता भएको पाइएमा दोषि पहिचान गरी कार्वाहीका लागि सिफारीस गर्ने लगायतका कार्यहरु गर्ने अधिकार दिएको उपप्रमुख चौधरीले बताईन् । साथै उनले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई सफल बनाउका लागि बैंक र वडा पालिकाका जनप्रतिनिधिहरुलाई अनुरोध गरेकी छिन् । कोहलपुरका ११ वटा बैंकले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सहकार्य गरिरहेका छन् ।

१२ आश्विन २०७६ मा प्रकाशित
Nabintech