बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका ग्याँस उद्योग, डिलर तथा ग्याँस बिक्रि वितरण गर्ने खुन्द्रा पसलमा छड्के अनुगमन गरेको छ । सरकारले ग्याँसको मूल्य घटाए पछि ग्याँस उद्योग र डिलरले पुरानै मूल्यमा बिक्रिवितरण गरिरहेको थाहा पाएपछि कोहलपुर नगरपालिका अन्तर्गत बजार अनुगमन टोलिले कोहलपुरमा रहेका ग्याँसका उद्योग, डिलर र खुद्रा पसलमा बिक्रि गर्न राखिएका ग्याँस विक्रि वितरण गर्ने पसलहरुको अनुगमन गरी तत्काल सरकारले तय गरेको मूल्यमा बिक्रि वितरण गर्न सुझाव दिएको बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्रीले बताएका छन् । संयोजक खत्रीका अनुसार एक हजार तीन सय ४० रुपैयाँमा प्रति सिलिण्डर बिक्रि गर्नुपर्नेमा एक हजार तीन सय ५० रुपैयाँमा बिक्रि वितरण व्यापारीले गरिहेको पाईएको छ ।
बजार अनुगमन टोलिले मंगलबार श्री भेरी ग्याँस उद्योग प्रा.लि., हेमन्त ग्याँस सप्लायर्स, पेसीना सप्लायर्स, राना जनरल स्टोर्स लगायतको अनुगमन गरेको छ । अनुगमनका क्रममा डिलरहरुले ग्याँसको मूल्य घटेको जानकारी नदिएको खुद्रा पसलमा ग्याँस बिक्रि गरीरहेका व्यापारीहरुले मूल्यको बारेमा थाहा नपाएको संयोजक खत्रीले बताएका छन् । उनका अनुसार ग्याँस उद्योग र डिलरहरुले ग्याँसको मूल्य घटेका बारेमा ग्याँस बेच्ने खुद्रा पसललाई तत्काल खबर गर्न दिर्नेशन दिईएको छ । अनुगमनका क्रममा कतिपय ग्याँसका डिलरले बिल नकाटेरै कारोबार गरिरहेको पाईएकाले तत्काल बिल माफर्त कारोबार गर्न सुझाव समेत दिईएको उनले बताएका छन् । यसका साथै कोहलपुर नगरपालिकाले यस अघि विभिन्न खुद्रा पसल, मासु पसल लगायत बजारका विभिन्न पसलको अनुगमन गर्दै आईरहेको छ ।
कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालयका तुल्सीराम चापागाई, इलाका प्रहरि कार्यालयका प्रतिनिधि, कोहलपुर नगरपालिकाका प्रतिनिधि ईन्द्रमणि ढकाल र नगर प्रहरी लगायतको टोलिले ग्याँसका उद्योग र डिलर तथा खुद्रा पसलको अनुगमन गरेको छ ।