पत्रकार परियार सम्मानित

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको रेडियो कोहलपुर एफएमका समाचार प्रमुख कविन्द्र परियारलाई सम्मान गरिएको छ ।
एभरेष्ट टेक्निकल कलेज कोहलपुरले बुधबार सम्मान तथा शुभकामना आदानप्रदान तथा कार्यक्रमको आयोजना गरी पत्रकार परियारलाई कलेजको विषययमा कलम चलाएको भन्दै सम्मान पत्र सहित खादा लगाएर सम्मान गरिएको थियो । त्यसतै विजयादशमी तथा शुभदिपावलीको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सहकारी संघ प्रदेश नं ५ का अध्यक्ष प्रेम सुवेदीले प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउदै कलेजका विद्यार्थीको शैक्षिक गुस्तर प्रदान गर्नुपर्नेमा जोड दिए । साथै उनले चाडपर्वमा आफ्नो क्षमता अनुसार खर्च गर्न सुझाव तथा शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा त्यस्तै कलेजकी एक शिक्षिकाको समेत विदाई गरिएको थियो । कलेजका प्रबन्ध निर्देशक विरेन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको थियो ।

१५ आश्विन २०७६ मा प्रकाशित
Nabintech