अनुगमनबाट बरामद सामानको नष्ट

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाले बजार अनुगमन गरी बरामद गरेका सामानहरुको नष्ट गरेको छ । चाडपर्वका बेला नागरिकको स्वास्थ्य र अधिकारमा प्रतिकुल असर पर्ने गरी हुने कालो बजारी र म्याद सकिएका खाद्यवस्तु एवम् गुणस्तहीन सामाग्रीको व्यापार नियन्त्रण गर्न कोहलपुर नगर भित्रका रहेका खुद्रा, खाद्य पसलहरुको अनुगमन गरि म्याद नाघेका सामानहरु बरामद गरी नष्ट गरिएको कोहलपुर नगरपालिका अन्तर्गत बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्रीले बताएका छन् । साथै चाडपर्वका बेला बजार मूल्यमा हुन सक्ने अस्वभाविक मूल्य वृद्वि र उपभोक्ताको मारलाई ध्यानमा राखेर अनुगमन गरिएको उनले बताएका छन् । अनुगमनका क्रममा म्याद सकिएका खाद्य वस्तु बिक्रि वितरण गर्ने, मूल्य सूची नभएको र तोकेको भन्दा बढि मूल्यमा सामानहरु बिक्रि वितरण भईरहेको पाईएको उनले बताएका छन् । बजार अनुगमन टोलिले कोहलपुर–११ मा रहेका आयुस किरण पसल, हाम्रो कोल्ड स्टोर, सुरक्षा स्टोर, सेवन्तिका सप्लर्यास, चापागाई जनरल स्टोर, दिपेन्द्र फेन्सी पसल लगायतको अनुगमन गरेको छ । अनुगमनका क्रममा आधिकांश व्यवसायिहरु कोहलपुर नगरपालिकामा दर्ता नै नभएर सञ्चालनमा आएको पाईएको छ । साथै व्यापारीहरुले मूल्य सूचि बिना नै व्यापार गरिहेको भेटिएकाले तत्काल मूल्य सूचि तयार गर्न सुझाव दिईएको अनुगमन टोलिका सदस्य ईन्द्रमणि ढकालले बताएका छन् । यसका साथै कोहलपुर नगरपालिकाले यस अघि विभिन्न खुद्रा पसल, मासु पसल लगायत बजारका विभिन्न पसलको अनुगमन गर्दै आईरहेको छ । कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालयका तुल्सीराम चापागाई, इलाका प्रहरि कार्यालयका प्रतिनिधि, कोहलपुर नगरपालिकाका प्रतिनिधि ईन्द्रमणि ढकाल र नगर प्रहरी लगायतको टोलिले ग्याँसका उद्योग र डिलर तथा खुद्रा पसलको अनुगमन गरेको छ ।

१६ आश्विन २०७६ मा प्रकाशित
Nabintech