कोहलपुर नगरपालिकाले शुक्रबार बजार अनुगमन गरी ५० हजार बराबरको सामान बरामद गरी नष्ट गरेको छ । कोहलपुर–३ मा रहेको भट्टराई जनरल स्टोर्सबाट म्याद नघेका ५० हजार बराबरको समान बरामद गरिएको कोहलपुर नगरपालिका अन्तर्गत बजार अनुगमन टोलिका संयोजक धन बहादुर खत्रीले बताएका छन् । उनका अनुसार उक्त पसलबाट म्याद नघेका चाउचाउ, विस्कुट, चक्लेट, तेल लगायत अन्य खाद्यन्न सामान बरामद गरी नष्ट गरिएको छ । कोहलपुर नगरपालिपाले चाडपर्वका बेला नागरिकको स्वास्थ्य र अधिकारमा प्रतिकुल असर पर्ने गरी हुने कालो बजारी र म्याद सकिएका खाद्यवस्तु एवम् गुणस्तहीन सामाग्रीको व्यापार नियन्त्रण गर्न कोहलपुर नगर भित्रका रहेका खुद्रा, खाद्य पसलहरुको अनुगमन गरि म्याद नाघेका सामानहरु बरामद गरी नष्ट गर्दै आईरहेको खत्रीले बताएका छन् । कोहलपुर नगरपालिकाले १४ वटा मापदण्ड बनाएर अनुगमन गरिरहेको छ भने अनुगमनका क्रममा म्याद सकिएका खाद्य वस्तु बिक्रि वितरण गर्ने, मूल्य सूची नभएको र तोकेको भन्दा बढि मूल्यमा सामानहरु बिक्रि वितरण भईरहेको पाईएको छ । बजार अनुगमन टोलिले कोहलपुर–११ मा रहेका पुजन जनरल स्टोर्स, निशा किरना पसल थोक तथा फुटरक विक्रेता, कुशल किराना एण्ड खाद्य स्टो लगायतका पसलहरुमा अनुगमन गगरिए अनुगमन टोलिका सदस्य ईन्द्रमणि ढकालले बताएका छन् । सो अनुगमन टोलिमा कोहलपुर नगरपालिका बजार अनुगमन टोलिका संयोजक धनबहादुर खत्रिको नेतृत्वमा इलाका प्रशासन कार्यालयका तुल्सीराम चापागाई, इलाका प्रहरि कार्यालयका प्रतिनिधि, कोहलपुर नगरपालिकाका प्रतिनिधि ईन्द्रमणि ढकाल र नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।