बाँकेको कोहलपुरमा रहेको बैभव लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०७० सालमा स्थापना भएको सहकारीले आफ्नो सातौं वार्षिक साधारण सभा एक कार्यक्रममा बिच सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख वक्ता जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीहरुले शेयर सदस्यहरुलाई आत्मा निर्भर बनाउन सक्ने योजना सहित कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका छन् । साथै उनले एक प्रकृतिको एउटा सहकारी आवश्यक रहेकोमा जोड दिँदै सहकारी एकीकरणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै जिल्ला बहुउद्देश्यीय सहकारी संघ बाँकेका अध्यक्ष भुपेन्द्र सुवेदीले सहकारीको विकास र समृद्धिसँग देशको विकास जोडिएको बताउँदै सबैले सहकारीको विकासमा जोड दिन आवश्यक रहेकोब ताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास विकास शाखाका प्रमुख धन बहादुर खत्रीले सहकारीको नीति र नियममा रहेर काम गर्न सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै बैभव लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.की अध्यक्ष सुभद्रा शर्माले संस्थाले आफ्ना सदस्यहरुको आर्थिक विकास, क्षमता विकासका साथै सहकारी अभियानलाई सदस्यमैत्री तवरबाट समाजको आर्थिक, सामाजिक, साँस्कृतिक परिवर्तन गर्ने उद्देश्य लिएको बताईन् । साथै संस्थाको शेयर पूँजी २५ लाख ६७ हजार, कोष हिसाब २८ लाख, बचत ६९ लाख ९८ हजार रहेको संस्थाको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । बैभव लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.की अध्यक्ष सुभद्रा शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।