पार्टी एकताले राजनीतिक स्थायित्व दियो ः प्रचण्ड

पिपलबाेट संवाददाता


नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले नेकपा एमाले र माओवादीको एकताले राजनीतिक स्थायित्व दिएको बताएका छन् । कोहलपुर नगरपालिका वडा नं. ६ मा हुन गईरहेको उपनिर्वाचनका लागि नेकपाले आयोजना गरेको चुनावि सभालाई सम्बोधन गर्दै उनले ७० वर्ष पछि पहिलो पटक राजनीतिक स्थायित्व भएको बताउँदै देशको विकासमा सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी एकतासँगै विकासको युगमा प्रवेश गर्ने आधार तयार भएको भन्दै सैबधानि र राजनीतिक स्थायित्वको वातावरण बनाईएको जिकिर गरेका छन् । ‘समृद्ध नेपाल, खुशि नेपाली’को नारालाई पुरा गर्न सरकार र पार्टी पूर्ण रुपमा लागि परेको जानकारी दिँदै विकासर समृद्विको सहयात्रामा सबैले साथ दिन अनुरोध अध्यक्ष प्रचण्डले गरेका छन् ।
साथै उनले कोहलपुरमा सुकुम्बासीको समस्या सबैभन्दा ठुलो भएकोले सुकुम्बासी समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गरिरहेको जानकारी दिँदै सरकारी जग्गमा बसोबास गरेका जनताको उचित व्यवस्थापन गर्ने प्रतिवद्वता समेत जनाएका छन् । ‘अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने सम्बन्धमा, सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्ध, भूमि व्यवस्थापन, औद्योगिकरण र कृषिमा व्यवसायिकरण गर्ने कुरामा सरकारले नयाँ सोचका साथ योजना निर्माण गरिरहेको छ’ उनले भने ‘कोहलपुरमा पनि अव्यवस्थित बसोबास भएको कुरामा हामी सबै चिन्तित छौं, यसको समाधानका लागि सबै प्रकारका कार्यहरु गर्न तयार छौं ।’ भूमि नभएकाहरुको पहिचान गरी सत्य तथ्य छानबिन गरी सरकारले आफ्ना काम गर्ने बताएका छन् ।

१९ कार्तिक २०७६ मा प्रकाशित
Nabintech