कोहलपुर वडा नं. ६ मा पाँच जनाको उम्मेद्वारी दर्ता

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा आगामि मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनका लागि पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् । वडा अध्यक्ष पदका लागि बुधबार (आज) भएको उम्मेद्वारी मनोनयन दर्तामा नेपाल कम्यूष्टि पार्टी (नेकपा)को तर्फबाट वटा अध्यक्षमा रामशरण थारु, नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदुर किसान पार्टीबाट दीपालक्ष्मी हमालले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिएका छन् । कोहलपुर नगरपालिका वडा नं. ६ का तत्कालिन वडा अध्यक्ष रामसोहन थारुको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

२७ कार्तिक २०७६ मा प्रकाशित
Nabintech