महिला उद्यमी उपभोक्ताको प्रदेश स्तरीय दुईदिने सहकारी भेला सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा दुई दिने प्रदेश स्तरीय सहकारी भेला तथा अनुशिक्षण तालिम बुधबारबाट सुरु भएको छ । ‘विषादी हैन आर्गानिक खोजांै, विदेशी होइन् स्वदेशी नै रोजौं’ भन्ने मुल नाराका महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. काठमाण्डौंको आयोजना र उनिटेरा–३ सिईसिआईको सहयोगमा दुई दिने प्रदेश स्तरीय सहकारी भेला तथा अनुशिक्षण तालिमको उद्घाटन सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम सुवेदिले गरेका छन् । कार्यक्रममा बोल्दै सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम सुवेदिले स्वदेशी वस्तुको उत्पादनलाई जोड दिँदै सहकारीले अब आर्गानिक वस्तु कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा सोच्नु पर्ने बेला आएको बताएका छन । साथै उनले नेपालमा महिलाले संचालन गरेका सहकारी सफल भएको बताउँदै सहकारीमा आवद्व महिला शेयर सदस्यहरुको जीवन परिवर्तनमा विशेष जोड दिन आवश्यक रहेको बताए । पछिल्लो समय एउटै व्यक्ति धेरै सहकारीमा आवद्व भईरहेको सन्र्दभमा बोल्दै एकै दिनमा विभिन्न सहकारीको बैठनमा सहभागि हुन नारीहरुले सारी फेरीरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने ‘अब नारीका सारी फेर्ने होइन्, जीवन फेर्ने बेला आयो, यसका लागि सहकारी नै प्रमुख माध्यम हो ।’
कार्यक्रममा बोल्दै महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. की प्रदेश नम्बर ५ कि संयोजक मीना सिग्देलले महिलाहरुले नेतृत्व गरेका सबै सहकारी एक भएर समाजमा महिलाहरुलाई आत्मा निर्भर बनाउनका लागि महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि.ले विशेष योजना बनाउन लागेको बताईन् । साथै उनले प्रदेश नं. ५ का महिला सहकारीहरुलाई आर्थिक रुपमा सम्पन्न र शेयर सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि सबै लाग्नुपर्ने बेला आएको बताईन् ।
कार्यक्रममा बोल्दै महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. काठमाण्डौं की अध्यक्ष महिलाहरुलाई सहकारीको माध्यमबाट देशैभरिका महिलालाई एक गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताइन् । साथै उनले महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले प्रदेशको नयाँ संरचना अनुसार शाखा विस्तार गरिरहेको बताईन् ।
कार्यक्रममा महिला उद्यमी उपभोक्ता सहकारी संस्था काठमाण्डौंकी सचिव निर्मला श्रेष्ठले संस्थाका बारेमा जानकारी दिँदै संस्थाले देशभर शाखा स्थापना गर्ने लक्ष्य रहेको बताइन् । साथै उनले हाल संस्थामा नेपालभर १ सय ५ वटा महिला सहकारीहरु आवद्व भएको र अब ७७जिल्लामा शाखा विस्तार गर्ने, सहकारी नभएका स्थानमा महिला सहकारी संचालन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य रहेको जानकारी दिएकी छिन । यसका साथै उनले संस्थाका लक्ष्य, उदेश्य र भावी कार्य योजनाका बारेमा जानकारी गरायको थिईन । महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. की प्रदेश नम्बर ५ कि संयोजक मीना सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर ५ का महिला सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

२७ कार्तिक २०७६ मा प्रकाशित
Nabintech