भारत जाँदै गरेका चार बालक कोहलपुर प्रहरी द्वारा उदार

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाका चारवटा बालक भारत जाँदै गरेको अवस्थामा कोहलपुर प्रहरीले उदार गरी परिवारको जिम्मा लगाएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ का १२ वर्षिय प्रकाश बि.क., सोही ठाउँका ११ वर्षिय दिपक तिरुवा, १३ वर्षिय श्याम बि.क.र १२ वर्षिय बिक्की बि.क.लाई कोहलपुर प्रहरी भारत जाँदै गरेको अवस्थामा बाँकेको नेपालगञ्ज–१३ स्थित चैलिकाचोक नजिकबाट भारत जाँदै गरेको अवस्थामा फेला पारी परिवारको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी प्रमुख हेम बहादुर शाहीले बताएका छन् । साथै उनले चार जना बालक हराएको सूचना यहि कार्तिक २० गते परिवारले सूचना दिएका आधारमा बालकको खोजि गरिएको बताए ।

२७ कार्तिक २०७६ मा प्रकाशित
Nabintech