काँग्रेसले नै कोहलपुर वडा नं. ६ मा जित्छ ः नेता भट्टराई

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका महासमिति सदस्य भानुभक्त भट्टराईले कोहलपुर नगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसले नै जित्ने बताएका छन् । कोहलपुर वडा नं. ६ को वडा अध्यक्ष पदको उम्मेद्वारी मनोनयन दर्ता पछिको नेपाली काँग्रेसले आयोजना गरेको कोणसभामा बोल्दै नेपाली जनताको भावना अनुसार वर्तमान कम्यूनिष्ट पार्टी नेतृत्वको सरकारले काम गर्न नसकेको अवस्थामा वडा नं. ६ मा नेकपाले निर्वाचन जित्न नसक्ने बताएका छन् । साथै उनले नेपाली काँग्रेस का उम्मेद्वारले वडा नं. ६ मा बिजय हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति फुलाराम थारुले देशको विकास र समृद्विका लागि नेपाली काँग्रेसले नै नेतृत्व गर्ने भन्दै कोहलपुर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेसका नेता श्रीकृष्ण थारुलाई रुख चिन्हमा मतदान गरी बिजय गराउन सबैमा अनुरोध गरेका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा कोहलपुर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेसका उम्मेदार श्रीकृष्ण थारुलाई अत्याधिक बहुमतले जिताउन आग्रह गरेकी छिन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नगर सभापति बलाराम शर्मा र यूवा नेता निम बहादुर चलाउनेले वडा नं. ६ को विकास समृद्धिका लागि नेपाली काँग्रेसका उम्मेद्वारलाई निर्वाचित गर्न अनुरोध गरेका छन् ।
नेकपालाई जिताउन संसदीय दलकी सचेतक चौधरी आग्रह
आगामी मसिंर १४ गते हुने उप चुनावमा नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले कोहलपुरमा वडा नं ६ मा रामशरण थारुलाई जिताउन आग्रह गरेकी छन । बुधबार उम्मेदवारी मनोनयपछिको कोण सभामा बोल्दै संघिय साँसद समेत रहेकी चौधरीले कोहलपुर ६मा मा थारुको विकासबादी नेताभएकाले निर्वाचनमा सबै मतदातालाई सुर्य चिन्हमा भोट हाल्न आग्रह गरिन ।
कार्यक्रममा बोल्दै बाँके निर्वाचन क्षेत्र नं १ का संघिय साँसद तथा नेकपा नेता महेश्वर गहतराज अथकले वडा नं ६ मा नेकपा उम्मेदवारको विजय सुनिश्चित रहेको उद्घोष गरे । स्थानिय तहको उपनिर्वाचन अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा आगामी मंसीर १४ गते निर्वाचन हुँदै छ । त्यसैकालागि बुधबार मनोनयन दर्ता गरीएको छ । सत्तारुढ दल नेपाक क्म्यूनिष्ट पार्टी ९नेकपा. बाट रामशरण थारुले उम्मेदवारी दर्ता गराएका छन । बाजागाजा सहित कोहलपुर बजार परिक्रम गरि न्यूरोडस्थित निर्वाचन कार्यालय परिसर पुगेर थारुले उम्मेदवारी दर्ता गराएका हुन ।

२७ कार्तिक २०७६ मा प्रकाशित
Nabintech