यस कारण मेरो उम्मेद्वारीः श्रीकृष्ण थारु

पिपलबाेट संवाददाता


मेरो उम्मेदवारी कुनै ब्यक्ति बिशेष र कुनै पार्टिका विरुद्ध हैन मेरो उम्मेदवारी त कोहलपुर वडा न ६ मा ब्याप्त गरिबी, अशिक्षा, बेरोजगारी, अन्धकार, बिभेद र असमानताको विरुद्धमा हो तसर्थ म वडा न ६ का मतदाताको सर्वसम्मत र साझा उम्मेदवार हु । मेरो बिजयले बर्तमान सरकारको स्वेच्छाचारी चरित्र, भ्रष्टाचार, कालोबजारी, हचुवाको भरमा गरिएको कर वृद्धि आदिको अन्त र संबैधानिक सर्वोच्चताको सस्थागत बिकास हुनेछ । मेरा आदरणीय मतादाता ज्यु लाई मंसिर १४ गते हुने वडा अध्यक्ष पदको उप निर्वाचनमा कोहलपुर ६ नम्बर वडामा एकपटक चुनाब चिन्ह रुखमा मतदान गरि लोकतन्त्रलाई मजबुत बनाउने हाम्रो अभियानमा सहयोग पुर्याउनुहुने छ भन्ने बिस्वास लिएको छु । मेरो जित ६ नम्बर वड बासिको साझा जित हो । जय नेपाल ।

श्रीकृष्ण थारु
वडा अध्यक्ष उम्मेदवार
कोहलपुर वडा न ६ बाँके

२७ कार्तिक २०७६ मा प्रकाशित
Nabintech