महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. प्रदेश नं. ५ को संयोजकमा सिग्देल

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा दुई दिने महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. प्रदेश नं. ५ को प्रदेश स्तरीय सहकारी भेलाले मिना सिग्देलको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको छ । ‘विषादी हैन आर्गानिक खोजांै, विदेशी होइन् स्वदेशी नै रोजौं’ भन्ने मुल नाराका महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. काठमाण्डौंको आयोजना र उनिटेरा–३ सिईसिआईको सहयोगमा दुई दिने प्रदेश स्तरीय सहकारी भेलाबाट प्रदेश संयोजकमा मिना सिग्देल र उपसंयोजकमा दुर्गा आचार्य चयन भएकी छिन् । त्यस्तै भेलाले महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. बाँकेको संयोजकमा उषा कुमारी थापा, बर्दियाको संयोजकमा शान्ति अधिकारी, दाङ्गको संयोजकमा हिरादेवि पुन, पाल्पाको संयोजकमा गीता रेग्मी, अर्घाखाँचीको संयोजकमा पार्वति भुषाल, नवलपरासीको संयोजकमा लक्ष्मी पोखरेल, गुल्मीको संयोजकमा देवि कुँवर, प्युठानको संयोजकमा नारायणी पौडेल , कपिलवस्तुको संयोजकमा सुनिता सेन र रुपन्देहीको संयोजकमा राधा थापा चयन भएको संयोजक मिना सिग्देलले जानकारी दिएकी छिन् । संयोजक सिग्देलका अनुसार जिल्ला संयोजक नै प्रदेशका पदेन सदस्य हुनेछन् । त्यस्तै भेलाले महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि.को व्यवसाय प्रवद्र्वन उपसमिति सबै जिल्लामा पनि चयन गरेको छ । व्यवसाय प्रवद्र्वन उपसमिति बाँकेको उपसंयोजकमा सुभद्रा देवि शर्मा, बर्दियाको संयोजकमा कल्पना बस्याल, दाङ्गको संयोजकमा पद्मा आचार्य, कपिलवस्तुको संयोजकमा अम्विका थापा, रुपन्देहीको संयोजकमा विना सुवेदी, प्युठानको संयोजकमा संगिता खड्का, पाल्पाको संयोजकमा मिना थापा, अर्घाखाँचिको संयोजकमा भगवती वेल्वासे, नवलपरासीको संयोजकमा प्रेम कुमारी चौधरी, गुल्मीको संयोजकमा भगवती कँडेल चयन भएको सिग्देलले बताईन । समापन कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. काठमाण्डौंकी अध्यक्ष शान्ति गुरुङ्गले प्रदेश र जिल्ला संयोजकहरुले जिल्लामा महिलाहरुले सञ्चालन गरेका सहकारीहरुको विवरण जसरी पनि केन्द्रमा पठाउन अनुरोध गरेकी छिन् । साथै उनले अब सबै स्थानिय तहमा पनि शाखा विस्तार गरेर सहकारीको अभियानबाटै महिलाहरुलाई आत्मानिर्भर बनाउन लाग्नुपर्नेमा जोड दिईन् । महिला उद्यमी उपभोक्ता सहकारी संस्था लि. की प्रदेश नम्बर ५ कि संयोजक मीना सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर ५ का महिला सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

२८ कार्तिक २०७६ मा प्रकाशित
Nabintech