नेपाल तरुण दल बाँकेले आज गरेको बन्दका कारण कोहलपुर स्थित पूर्व पश्चिम राजमार्गमा कुनै पनि सवारी सधानहरु आवत जावत भएका छैनन् । बन्दका कारण बिहानैदेखि कोहलपुरदेखि पूर्व पश्चिमको राजमार्ग ठप्प पारिएको छ । बाँकेमा बन्दको प्रभाव परेको छ । प्रहरीले आफ्नो नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेको हो । कोहलपुरमा साना तथा ठुला सवारी साधान ठप्प पारिएको छ भने मोटरसाईकल र अटोरिक्सा सञ्चालन गर्न दिईएको छ । यसका साथै कोहलपुर बजार, सडकमा सार्वजनिक सवारी साधनहरु गुडेका छैनन् भने उद्योग, कलकारखाना, शिक्षण संस्थाहरु बन्द छन् । बन्दको क्रममा कुनै अप्रिय घटना घट्न नदिनको लागि प्रहरी सुरक्षा व्यवस्था बलियो पारेको छ । बन्द साँझ ५ बजेसम्म जारी रहने तरुण दल बाँकेले जनाएको छ ।
२९ कार्तिक २०७६ मा प्रकाशित