जेसिज कोहलपुरद्वारा हाजिरीजवाफ प्रतियोगितामा पञ्चमुखी प्रथम

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा कोहलपुर जेसीज २०१९ ले जेसिज अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कोहलपुर जेसीजको आयोजनामा सम्पन्न भएको प्रतियोगितमा पञ्चमुुखी मावि प्रथम, बालज्योति अंग्रेजी मावि द्वितीय र कोहलपुर बागेश्वरी ई.मि. तृतीत भएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शखा प्रमुख आनन्तकुमार पौड्यालले विद्यार्थीहरुको अन्र्तनिहित क्षमताको विकास गर्नका लागि यस्ता कार्यक्रमहरुलाई पटक पटक जारी राख्नुपर्नेमा बताएका छन् । साथै उनले भाषा र सीपको विकास गर्न सके बालबालिकाको क्षमतामा विकास हुने भन्दै जेसीजले विद्यार्थीहरुलाई सकरात्मक सोचको विकास गराउन विभिन्न कार्यक्रमहरु आयोजना गर्नु सुझाव समेत दिएका थिए । कार्यक्रममा बोल्दै क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले प्रतियोगिताबाट बालबालिका भित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन सहयोग पुग्ने भन्दै विद्यार्थीहरुलाई पाठ्यक्रमले तोकेको विषयवस्तुसँगै अन्य ज्ञान प्राप्त गर्नका लागि सबै लाग्नुपर्ने बताए । कोहलपुर जेसीज वर्ष २०१९ की अध्यक्ष संगिता सुवेदीले जेसीज विश्व भरीका १८ वर्षदेखि ४० वर्षसम्मका यूवाहरुको संगठन भएको भन्दै समाज रुपान्तरणका लागि जेसीजले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बताईन् । कोहलपुर जेसीज वर्ष २०१९ की अध्यक्ष संगिता सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

२९ कार्तिक २०७६ मा प्रकाशित
Nabintech