नेशनल प्याब्सन कोहलपुरको अध्यक्षमा बेग प्रकाश चन्द चयन भएका छन् । बाँकेको कोहलपुरमा नेशनल प्याब्सन कोहलपुर नगर कमिटि, बैजनाथ र राप्तीसोनारी गाउँ कमिटिको आयोजनामा शुक्रबार सम्पन्न नेशलन प्याब्सन दोस्रो नगर तथा गाउँपालिका अधिवेशनबाट चन्दको नेतृत्वमा ५ सदस्यी नयाँ कार्य समिति चयन भएको छ । जसको सचिवमा अमित पौडेल, कोषाध्यक्षमा पूर्ण घले सदस्यमा एसबि. बुढा चयन भएका छन् भने एक जना सदस्यलाई मनोनित गरिने भएको छ । त्यस्तै बैजनाथ गाउँपालिकामा नेशनल प्याब्सन बैजनाथ गाउँ कमिटिको पनि गठन गरिएको छ । नेशनल प्याब्सन बैजनाथको संयोजकमा प्रकाश मल्ल, उपसंयोजकमा कमानसिंह थापा, सदस्यमा ओमप्रकाश थापा चयन भएका छन् । त्यस्तै नेशनल प्याब्सन राप्तीसोनारीको अध्यक्षमा शेर जंग गौतम चयन भएका छन् । जसको सचिवमा सागरदत्त गौतम, कोषाध्यक्षमा केशर बहादुर वली, सदस्यहरुमा टोपेन्द्र खड्का र राज बहादुर बुढा चयन भएका छन् ।
त्यस्तै उद्घाटन सत्रमा बोल्दै एनप्याब्सन केन्द्रिय सचिव कुशुमराना भाटले राज्यले नीति क्षेत्रलाई सम्मान गर्नुपर्ने भन्दै संस्थागत विद्यालयहरुले अब विश्व परिवेश अनुसारको शिक्षा दिन आवश्यक रहेकोमा जोड दिएका छन् । साथै उनले एनप्याब्सनले शिक्षामा सुधार हुनुपर्ने माग गरिरहेको बताउँदै शिक्षक, विद्यार्थी, परिवार र विद्यालय बिच सकरात्मक सोचको विकास हुन आवश्यक रहेको बताए । एनप्याब्सन कोहलपुर नगर अध्यक्ष किशोरराज मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एनप्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवर, सचिव शिव प्रसाद डाँगि लगायत एनप्याब्सनमा आवद्व विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।