१६ दिने लैंगितक हिंसा विरुद्वको अभियान सफल बनाउन उपप्रमुखको संयोजकत्वमा मुल समिति गठन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा १६ दिने लैंगितक हिंसा विरुद्वको अभियान सफल बनाउनका लागि कोहलपुर नगरपालिककी उपप्रमुख सञ्जु कुमारी चौधरीको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । कोहलपुर नगरपालिकाकी उप्रमुख चौधरीको अध्यक्षतामा आज (मंगलबार) बसेको सरोकारवालाहरुसँगको बैठकलले समानताको पुस्ता, बलात्कार विरुद्व एक्यवद्वता’ भन्ने मुल नाराका साथ यहि मंसिर ९ गतेदेखि मंसिर २४ गते (२५ नोभेम्बरदेखि १० डिसेम्बर) सम्म मनाईने १६ दिने अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्वको अभियान कोहलपुरमा सफल बनाउन बृहत छलफल गरि उपप्रमुख चौधरीको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । जसका सदस्यहरुमा महिला उपकार मञ्चबाट बिजुलि अधिकारी, नेपाल महिला एकता समाजबाट आशा घर्ती मगर, अपाङ्ग नवजीवन केन्द्रबाट विनिता शर्मा, क्रियाशिल पत्रकार समूह बाँकेबाट राम बहादुर रावत, सहकारीको प्रनितिधिबाट सुभ्रदा शर्मा, थ्रि एन्जेल्स नेपालबाट लोकेन्द्र सुनार, समाज सुधार कार्यक्रम नेपालबाट शंकर न्यौपाने, नगर बाल सञ्जालबाट रमेश वर र समाजसेवा संस्था नेपालबाट विनोद थापा रहेका छन् । कोहलपुरमा विभिन्न कार्यक्रममा गरी १६ दिने अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्वको अभियान मनाईने उपप्रमुख सञ्जु कुमारी चौधरीले जनाकारी दिएकी छिन् । साथै उनले समाजमा रहेको विभिन्न खाले हिंसाको न्यूनिकरण गर्नका लागि सकरात्मक सोचको विकास हुन जरुरी रहेको भन्दै सबैले १६ दिने अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्वको अभियान सफल बनाउन साथ दिन अनुरोध गरेकी छिन् । उपप्रमुख चौधरीका अनुसार लैंगिक हिंसा विरुद्व सचेत गराउनका लागि सडक नाटक, तालिम, प्रभातफेरी, दिपप्रज्वलन लगायतका अन्य कार्यक्रमहरु गरिने भएको छ । साथै १६ दिने अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्वको अभियानलाई सफल बनाउनका लागि यस क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायले प्रतिवद्वता जनाएका छन् ।

३ मंसिर २०७६ मा प्रकाशित
Nabintech