आफन्तको घरमा बसेका पूर्व मन्त्री विष्ट माथि नेकपा कार्यकर्ताको अभद्र व्यवहार

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस नेता तथा पुर्व राज्यमन्त्री तप्त विष्ट कोहलपुर नगरपालिका वडा नं. ६ मा आफन्तको घरमा बसेको अवस्थामा नेकपाको कार्यकर्ताले अभद्र व्यवहार प्रस्तुत गरेका छन् । मन्त्री विष्ट सरकारी नम्बर प्लेटको गाडि लिएर आफन्तको घरमा बस्न गएको बेला नेकपाका कार्यकर्ताले सरकारी गाडि कोहलपुर नगरपालिका वडा नं. ६ किन आएको भन्दै विरोध जनाएका थिए । मन्त्री विष्ट आफन्तको घरमा बसेको बेला दुई तिहाईको दम्भमा नेकपा कार्यकर्ताहरुले आक्रमण गर्न खोजेको नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले जानकारी दिएका छन् । पूर्व मन्त्रीले सरकारी गाडिमा आफन्तको घरमा जाँदा विरोध गर्नुको कुनै औचित्य नभएको भण्डारीले बताएका छन् । साथै चुनावि आचार संहिता लागु भएपछि सरकारी गाडि सहित कोहलपुर वडा नं. ६ मा आएपछि विरोध गरिएको नेकपा प्रदेश नं. ५ का सदस्य नरेन्द्र न्यौपानेले बताएका छन् । प्रदेश सदस्य न्यौपानेका अनुसार सरकारी गाडि वडा नं. ६ मा आउनु नै गलत भएकाले ईलाका प्रहरी कार्यालय कोहलपुरले गाडि नियन्त्रणमा लिएको बताएका छन् । सरकारी गाडि वडा नं. ६ लिइएको विषयमा नेकपा र नेपाली काँग्रेसका नेता र कार्यकर्ता बिच विवाद उत्पन्न भएको थियो ।

४ मंसिर २०७६ मा प्रकाशित
Nabintech